शुक्रबार, कार्तिक २१, २०८३ | Friday 6th November 2026

गुणस्तरयुक्त प्याड उत्पादन गर्दै महिला

  • प्रकाशित मिति : शनिबार, कार्तिक २०, २०७३



  • धादिङ । यहाँ गाउँमै गुणस्तरयुक्त प्याड उद्योग स्थापना गरी उत्पादन सुरु गरिएको छ ।
    साना किसान महिला सहकारी सेमजोङका अध्यक्ष मीना तामाङ समेतको समूह निर्माण गरी महिलालाई आम्दानी बढाउन गाउँमै उद्योग सञ्चालन गरिएको हो ।

    रजस्वलाका बेला प्रयोग गरिने प्याड उत्पादनका लागि जर्मन विकास सहयोग (जिआइजेड)ले यन्त्र खरिद गरी महिलालाई तालिम दिएपछि विकट गाविसमा रहेको सेमजोङमा जिल्लामै पहिलो पटक यस्तो उद्योग सञ्चालन गरिएको हो ।

    “महिनावारी हुँदा प्रयोगमा ल्याइने प्याड गाउँमा हरेक महिना लाखौँमा खरिद हुने गरेको थियो । अब गाउँमै बनाइएपछि गाउँबासीको खर्च गाउँमै आम्दानी हुनेछ”, तामाङको भनाइ छ । गाउँमै उत्पादन भएको एक प्याडको रु ६० पर्छ ।

    बाहिरबाट खरिद गरिएको एक प्याडको रु एक सय २० भन्दा बढी पथ्र्याे । बाहिरबाट खरिद गरिएको प्याड गुणस्तरयुक्त नभएको र एक दिनलाई पनि नपुग्ने तर गाउँको प्याड राम्रो र गुणस्तरयुक्त युक्त भएकाले थोरै प्रयोग गरेर नै हुनेखालको रहेको उद्योगमा कार्यरत पुष्पा तामाङले बताइन् ।

    महिला मात्र संलग्न उद्योगले हरेक दिन तीन सय प्याड बनाउँछ । हालका दिनमा गाउँमै उत्पादन भएको प्याडको माग पूरा गर्न धौ धौ परेको र केही समयपछि निर्यात गर्ने तयारीमा रहेको सहकारीका अध्यक्ष तामाङले जानकारी िदइन् ।

    दुई सातअघिदेखि उत्पादन सुरु भएको सो उद्योग जिल्लाकै नमुनाका रुपमा रहेको साना किसान कृषि सहकारी जिल्ला सङ्घका डिबी सिङ्खडाले बताए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij