शुक्रबार, कार्तिक २१, २०८३ | Friday 6th November 2026

तामाका भाँडा बनाउने पेसा विस्थापित हुँदै

  • प्रकाशित मिति : शनिबार, कार्तिक २०, २०७३



  • पाल्पा । जिल्लामा विभिन्न आधुनिक प्रविधि भित्रिएसँगै पुराना प्रविधि लोप हुँदै गएका छन् ।

    गाउँघरमा हातले कुँदेर बनाइएका तामाका भाँडा नयाँ प्रविधिको प्रयोगले हराउँदै गएका छन् । यी सामानको सट्टामा अहिले बजारमा मेसिनबाट उत्पादित सामान भित्रन थालेका छन् । तामाको भाँडाको सट्टामा स्टिल, प्लास्टिकका भाँडाको प्रयोग बढ्दो छ ।

    झडेवाका वीरबहादुर नेपालीको घरमा कुनै समय नयाँ भाँडा बनाउने, पुरानो तामाका भाँडालाई नयाँ स्वरुप र शैलीमा फरक किसिमको भाँडा बनाउन आउनेको निकै भीड लाग्ने गरेकोमा आजभोलि सुनसान बनेको छ ।

    यस क्षेत्रमा धेरैले तामाका भाँडा बनाएर जीविकोपार्जन गर्ने गर्दथे, यतिखेर स्टिल र प्लास्टिकका भाँडाको प्रयोगले व्यवसाय नै लोप भएको नेपालीले बताए ।

    मेसिनद्वारा निर्मित सामग्री बजारमा आउन थालेपछि प्रतिस्पर्धा गर्न नसक्नु, तामाका सामाग्रीको उपयोग कम हुँदै जानु जस्ता कारणले गर्दा विस्थापित हुन पुगेको हो ।

    स्थानीय प्रविधिको उपयोग गरी निर्मित अमखोरा, तमौरा, गाग्री, मानापाथीलगायतका बस्तु अहिले लोप हुँदै गएको पुराना उद्यमी तेजबहादुर विश्वकर्मा बताउँछन् ।

    झडेवाकोबगाले, हुमिन, रुप्से, बन्दीपोखरा, बौघापोखराथोक, अर्गली, ख्याहा, ताहुँ जस्ता २० भन्दा बढी गाविसमा सञ्चालित उद्योगमा झन्डै एक हजार व्यक्तिलाई रोजगारी मिलेको स्थानीयवासी बताउँछन् ।

    अहिले व्यवसाय नै हराउँदै गएपछि गाउँमा विदेश जाने युवाको सङ्ख्या बढ्दो छ । घरेलु उद्योगभित्रपर्ने भए पनि यस्ता उद्योगलाई निरन्तरता दिन कही कतैबाट पहल भएन् । पाल्पा जिल्लालाई तामाका भाँडाका लागि प्रख्यात बनाउन सकिने अवसर पनि थियो त्यो अवसरलाई कुनै निकायले जगाउन नसक्दा यतिखेर हराउन पुगेको पुराना उद्यमीको भनाइ छ ।

    उद्योग वाणिज्य सङघका अध्यक्ष मोहनप्रसाद श्रेष्ठ यस्ता उद्योग संरक्षण र विकास आफ्नो प्राथमिकतामा परेको बताउँछन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij