शुक्रबार, कार्तिक २१, २०८३ | Friday 6th November 2026

‘नलसिङगाड आयोजना कम्पनी ढाँचामा निर्माण गरिने’

  • प्रकाशित मिति : आइतवार, कार्तिक २१, २०७३



  • जाजरकोट । ऊर्जामन्त्री जनार्दन शर्माले सरकारले विस्तृत परियोजना प्रतिवेदन ९डिपिआर० तयार भएको पाँच वर्षभित्र नलसिङगाड जलविद्युत आयोजना निर्माण सम्पन्न गर्ने योजना बनाएको बताएका छन् ।

    नलसिङगाड जलविद्युत् आयोजनाद्वारा आज दल्लीमा आयोजित कार्यक्रममा उनले सो आयोजना सरकार, जनता र अन्यको लगानीबाट आयोजना कम्पनी ढाँचामा निर्माण गरिने बताए । विद्युत् उत्पादन तथा आयोजना विकास समिति गठन भइसकेको बताउँदै उनले सो आयोजनालाई राष्ट्रिय गौरवको आयोजनामा समावेशन गर्न पहल गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेका छन् । ऊर्जामन्त्री शर्माले आजै आयोजनास्थलको स्थलगत निरीक्षणसमेत गरे ।

    मुलुकका ९३ वटा जलाशययुक्त आयोजनामध्ये नलसिङगाड उत्कृष्ट भएको सो आयोजनाका कार्यकारी निर्देशक मोतीकुमार कुँवरले बताए । सन् २०१२ को प्रारम्भिक अध्ययनअनुसार ४१० मेगावाट क्षमताको सो आयोजना रु ७३ अर्ब ७३ करोड ९० लाखको लागतमा निर्माण गर्न सकिने उनको भनाइ छ ।

    आयोजनाअन्तर्गत सक्ला–१ अँधेरी खोलामा ६ दशमलव ३ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको २०० मिटर अग्लो बाँध निर्माण गरिने छ । बाँधदेखि खगेनकोट गाविसको काँडादल्लीसम्म कुल आठ हजार २१५ मिटर लामो सुरुङ निर्माण गरिने छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij