आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

दातृ निकायको सहयोगमा विद्यालय भवन निर्माण हुँदै

  • प्रकाशित मिति : सोमवार, कार्तिक २२, २०७३



  • कञ्चनपुर । दातृ निकायको सहयोगमा कञ्चनपुरको अमरपुरमा रहेको सरस्वती माध्यमिक विद्यालयमा तीन कोठे भूकम्प प्रतिरोधी भवन निर्माणको कार्य सुरु गरिएको छ ।

    विल्वन नामक गैरसरकारी संस्थाको रु २२ लाख र विद्यालयको आन्तरिक कोषबाट रु १० लाख गरी रु ३२ लाखको लागतमा विद्यालय भवन निर्माणको कार्य सुरु गरिएको हो ।

    “विद्यालयको भवनको जग राख्ने र पिल्लर ठड्याउने कार्य सुरु गरेका छौँ” विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शेरबहादुर साउदले भने । विद्यालयसँग पर्याप्त कक्षा कोठा नहुँदा एउटै कक्षामा धेरै कक्षाका विद्यार्थीलाई बहु शिक्षण विधिद्वारा पठनपाठन गरिँदै आएको थियो उहाँले भन्नुभयो, “भवन निर्माण भएपछि कक्षा कोठाको अभाव पूर्ति हुन्छ ।”

    निर्माणाधीन भवनमा तीन कोठा, एक बरन्डा र शौचालय निर्माण हुने छ । विसं २०४२ मा स्थापना भएको विद्यालयमा ७०० बढी विद्यार्थी अध्ययनरत छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij