प्रकाशित मिति : सोमवार, कार्तिक २२, २०७३
वीरगंज । सोमबार उदाउँदो सुर्यलाई अर्घ अपर्ण गरेपछि तराईबासीको महान छठ पूर्व वीरगन्जमा पनि सम्पन्न भएको छ ।
चार दिनदेखि व्रत बसेका व्रतालुहरुले तालब, पोखरी, नदीलगायतका जलास्यको किनारमा बनाइएको छठघाटमा उदाउँदो सुर्यलाई अर्घ अर्पण गरेपछि छठ पर्व सम्पन्न भएको हो ।
वीरगन्जको घडिअर्वा पोखरी, मुर्ली पोखरी, नगवा पोखरी, छपकैयाँ पोखरी बजार छपकैया, इन्र्वा, श्रीपुर, रानीधाटलगायतका स्थानमा निर्माण गरिएको छठ घाटमा सौहाद्र र उत्साहमा वृद्धी देखिएको छ ।
सौहाद्र र भाइचाराको रुपमा मनाईने छठ पर्वमा यसपाली पहाडी मुलका व्रतालुहरुको सहभागिता विगतका वर्षभन्दा बढी रहेको सर्वसाधारणले बताएका छन् । वीरगन्जमा सम्पन्न भएको छठ पर्वमा पहाडि समुदायको विगतका वर्ष भन्दा बढी सहभागित देखिएको स्थानीयले वताएका छन् । छठ पर्वले समुदायका बीचको दुरी र विभेदलाई समाप्त पार्दै भाइचारा र आफन्त्व बढाउने गरेको स्थानीयले बताएका छन ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij