आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

गोलको वर्षासँगै लिभरपुल शीर्ष स्थानमा, युनाइटेड विजयी

  • प्रकाशित मिति : सोमवार, कार्तिक २२, २०७३



  • लिभरपुल । वार्टफोर्ड विरुद्ध आधा दर्जन गोल गर्दै लिभरपुल प्रिमियर लिगको शीर्ष स्थानमा उक्लेको छ । प्रशिक्षक जर्गन क्लपको नेतृत्वमा लिभरपुल प्रिमियर लिगको शीर्ष स्थानमा उक्लेको यो पहिलो अवसर हो ।

    उत्कृष्ट आक्रमक खेल प्रस्तुत गरेको लिभरपुलका लागि एकतर्फी खेलमा साडियो मानेले दुई तथा फिलिपे काउन्टिन्हो, एमरे च्यान, रोबर्टो फर्मिन्हो र जर्जिनो विज्नाल्डमले एक–एक गोल गरे ।

    3a1e767700000578-3910490-image-a-45_1478446017751वार्टफोर्डका लागि डार्यल जनमातले सान्तवना गोल गरे ।

    यो सिजन लिभरपुलले चार वा सोभन्दा बढी गोल गरेको यो पाँचौ अवसर हो । ११ खेलमा लिभरपुलले ३० गोल गरिसकेको छ ।

    लिगको शीर्ष स्थानमा रहेको म्यान्चेस्टर सिटी बराबरीमा रोकिएपछि त्यसको फाइदा उठाउँदै लिभरपुल शीर्ष स्थानमा उक्लिएको हो ।

    ११ खेलपछि लिभरपुलको २६ अंक रहेको छ ।

    अन्य खेलमा खराब लयबाट गुज्रिरहेको म्यान्चेस्टर युनाइटेडले स्वान्सीविरुद्ध ३–१ को जीत निकालेको छ । यसअघि ४ खेलमा जीतविहिन रहेको युनाइटेडले स्वान्सीविरुद्ध सहज जित हासिल गरेको हो ।

    शुरु देखि नै खेलमा हाबी भएको युनाइटेडका लागि पाउल पोग्बाले खेलको १५ औं मिनेटमा गोल गर्दै अग्रता दिलाए ।

    3a1e83cc00000578-3910314-image-a-133_1478447334335त्यसपछि गोल गर्न नसकेको भनेर आलोचना खेपिरहेका ज्लाटान इब्राहिमोविचले दुई गोल गर्दै पहिलो हाफमा युनाइटेडलाई ३–० को अग्रता दिलाए ।

    खेलको दोस्रो हाफमा माइन भान डर होर्नले स्वान्सीका लागि गोल गरेपनि खेलमा फर्कन सकेन ।

    जितसँगै युनाइटेड लिगको छैटौँ स्थानमा उक्लेको छ ।

    3a1dd39400000578-3910188-image-a-95_1478438246774उता, हिजै भएको लण्डन डर्बी १–१ गोलको बराबरीमा सकिएको छ ।

    केभिन विमरको आत्मघाती गोलको मद्दतले आर्सनलले खेलमा अग्रता लिए पनि खेलको दोस्रो हाफमा घाइते भएर टोलीमा फर्किएका ह्यारी केनले पेनाल्टी मार्फत गोल गर्दै खेल बराबरी गरे ।

    बराबरीसँग आर्सनल लिगको चौँथो स्थानमा रहेको छ भने टोटनहम पाँचौ स्थानमा रहेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij