मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

प्यूठानका ५२ हजार किशोरीहरुलाई आइरन फोलिक एसिड खुवाइदैं

  • प्रकाशित मिति : शुक्रबार, कार्तिक २६, २०७३



  • प्यूठान ।  १० वर्ष देखि १९ वर्ष उमेर समुहका प्यूठानका ५२ हजार किशोरीहरुलाई आइरन फोलिक एसिड वितरण गरिने भएको छ ।

    जिल्ला स्वास्थ्य कार्यालय प्यूठानको आयोजना र सेभ द चिल्ड्रनको सहयोगमा कालिका विकास केन्द्र को सभाहलमा सरोकारवालासंग अभिमुखीकरण गर्दै आज आइरन फोलिक एसिडको बारेमा जानकारी गराइएको हो ।

    आइरनको कमिले रक्तअल्पता नियन्त्रण गरी किशोरीहरुको पोषण अवस्थामा सुधार ल्याउने र पोषण शिक्षाद्धारा आहारजन्य आइरन आपुर्तिमा सुधार ल्याउने उद्देश्यले आइरन वितरण गर्न थालिएको जिल्ला स्वास्थ्य प्रमुख डाक्टर कृष्ण शाहले बताए ।

    हप्ताको एउटा चक्किको दरले १३ हप्ता खाने र फेरी १३ हप्ता नखाने गरी किशोरीहरुलाई खुवाउदाँ शरिरमा आइरन पुरा भइ विभिन्न रोगबाट बच्च सकिने शाहको भनाई छ ।

    आइरन फोलिक एसिड नेपालका ३ जिल्लाहरु प्यूठान, कपिलबस्तु र सप्तरीका किरोशीलाई वितारण गरिने जानकारी गराइएको थियो ।

    सोही कार्यक्रममा खाद्य तथा पोषण सुरक्षावारे छलफल गर्दै सुनौला हजार दिन भित्रका महिलाहरुको पोषणमा सुधार ल्याउन सकेका मात्रै पनि कुपोषणको सम्मस्याबाट धेरै मात्रामा मुक्त हुन सकिने कार्यक्रममा औल्याइएको थियो ।

    जिल्ला स्वास्थ्य कार्यालयका दल बहादुर के सीले विभिन्न तथ्याकं प्रस्तुत गर्दै महिलाहरुले अत्यन्त कम मात्रमा अण्डा, माछामासु, फलफुल लगायत हरियो सागपात खाने गर्दा त्यसको प्रत्यक्ष असर जन्मने बाच्चलाई पर्न गइ बालबालिकामा नै बढी कुपोषणको समस्या देखिएको बताए ।

    कार्यक्रमका प्रमुख अतिथि जनकराज पन्तले आइरन फोलिक एसिड वितरण लक्षित उमेर समुहका किशोरीलाई ल्याइएको कार्यक्रम भएकाले उनीहरुलाई नै सचेत बनाइ आइरन खुवाउने र त्यसबाट प्रत्येक्ष कति किशोरीको स्वास्थ्यमा  सुधार आउछ त्यो तत्थांक प्रगति प्रतिवेदनमा देखाउन आग्रह गरे ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij