आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

सोलिडारिटी कपः फाइनल प्रवेशका लागि नेपाल र लाओस भिड्दै

  • प्रकाशित मिति : शनिबार, कार्तिक २७, २०७३



  • काठमाडौँ  ।   कात्तिक २७– मलेसियामा जारी एएफसी सोलिडारिटी कप फुटबल प्रतियोगिताअन्तर्गत फाइनल प्रवेशका लागि अहिले नेपालले लाओससँग प्रतिस्पर्धा गरिरहेको छ ।
    मलेसियाको नेगेरी रङ्गशालामा जारी खेलमा सो समाचार तयार पार्दासम्म दुबै टोलीतर्फबाट गोल हुन सकेको छैन ।
    नेपाल समूह ए को विजेता हो भने लाअाेस समूह बी को उपविजेता हो ।
    तीन टोली सम्मिलित समूह एमा दुई खेल खेलेको नेपालले एक खेलमा जित तथा एक खेलमा गोलरहित बराबरी खेलको थियो ।

    नेपालले शनिबार भएको पहिलो खेलमा टिमोर लेस्टेसँग गोलरहित बराबरी खेलेको थियो भने मंगलबार भएको दोस्रो खेलमा बु्रनाईलाई ३–० को फराकिलो गोल अन्तरले पराजित गरेको थियो ।

    त्यसैगरी समूह चरणको खेलमा तीन खेल खेलेको लाओसले दुई खेलमा जित तथा एक खेलमा हार बेहोरेको थियो । पहिलो खेलमा श्रीलङ्कालाई २–१ गोलअन्तरले पराजित गरेको थियो भने मकाउसँग ४–१ गोलअन्तरले पराजित भएको थियो ।

    समूहचरणको अन्तिम खेलमा भने लाओसले मंगोलियालाई ३–० गोलअन्तरले पराजित गर्दै उपविजेता बन्दै सेमिफाइनलमा आफनो यात्रा तय गरेको थियो ।
    सोलिडारिटी कप एएफसीले आफ्ना कमजोर सदस्य राष्ट्रका लागि आयोजना गरेको प्रतियोगिता हो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij