मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

दैनिक एउटा अमला खानुहोस्, हुनेछन् यी १० अपत्यारिला फाइदा

  • प्रकाशित मिति : सोमवार, कार्तिक २९, २०७३



  • Gooseberries spilled out from a basket on white background

    अहिले अमलाको सिजन छ । न्यूरोडदेखि पाटनसम्मका सबैजसो फुटपाथमा हामीले अहिले अमला बेचिरहेको देख्न सक्छौं । अमला हामीमध्ये धेरैलाई मन पनि पर्छ होला तर कतिलाई यो अमिलो हुने भएकाले मन नपर्न पनि सक्छ । कसैको नजरमा पर्ने र कसैले नजरअन्दाज गर्ने अमलाले हाम्रो शरिरलाई निकै फाइदा पुर्याइरहेको हुन्छ ।

    एउटा अमलामा ६ सय मिलि ग्राम भिटामिन सी पाइन्छ । मेडिकल डाइटिसियन डा. अमिता सिंहका अनुसार भिटामिन सीका अन्य स्रोत जस्तै कागती वा सुन्तला हावा वा घामको सम्पर्कमा आएपछि यसमा पाइने भिटामिन सी कम हुन्छ तर अमला एउटा यस्तो स्रोत हो जसमा भिटामिन सी सधै रहिरहन्छ । उनले दैनिक एक अमला खानुको फाइदा बारे बताउँदैछिन् ।

    मुटुको समस्याः
    यो खाँदा नराम्रो कोलेस्ट्रोलको स्तर कम हुन्छ र हृदय रोगबाट बच्न सहयोग गर्दछ ।

    तौल कमः
    अमला खाँदा शरिरमा मेटाबोलिजम बढ्छ र तौल निकै तिब्र रुपमा कम हुन थाल्छ ।

    पाचनः
    अमलामा फाइबर हुन्छ जसले पाचन प्रक्रियालाई सन्तुलनमा राख्छ । यो खाँदा कब्जियतको समस्या हट्छ ।

    कमजोरीः
    अमलामा भिटामिन सीको मात्रा अत्यधिक हुने भएकाले तपाईंको शरिरलाई ऊर्जावान् राख्न सहयोग गर्दछ । यसले कमजोरी पनि टाढा राख्छ ।

    अनुहारमा चमकः
    यो खाँदा शरिरको टक्सिन टाढा रहन्छ र अनुहारको चमक बढाउन सहयोग गर्दछ ।

    राम्रो कपालः
    यसमा पाइने एन्टिअक्सिडेन्टले कपाल चम्किलो बनाउने र कपाल झर्ने समस्याबाट पनि मुक्ति दिन्छ ।

    क्यान्सरः
    अमलामा पाइने एन्टिअक्सिडेन्टले कार्सिनोजेनिक सेल्सलाई बन्न रोक लगाउँछ जुन क्यान्सरबाट बचाउनका लागि फाइदाजनक मानिन्छ ।

    जोर्नी दुखाईः
    अमलामा एन्टी इन्फ्लामेटरी गुण हुन्छ जसले जोर्नीको दुखाई कम गर्न सहयोग गर्दछ ।

    मोतीबिन्दुः
    यसमा भिटामिन ‘ए’ हुन्छ जसले मोतीबिन्दु हुनबाट जोगाउँछ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij