प्रकाशित मिति : सोमवार, कार्तिक २९, २०७३
काठमाडौं । नेपाली सिने जगतमा ‘हिम्मतवाली’ भनेर चिनिने रेखा थापाले आफ्नो सफलताको राज खोलेकी छिन् ।
सोमबार आफ्नो फेसुकमा लामो स्टेटस लेखेकी छिन् जसमा उनले आफ्नो सफलताको सम्पूर्ण श्रेय हिम्मतलाई दिएकी छिन् । उनी भन्छिन्, ‘मेरो सफलता को रहस्य हो – कहिल्यै हिम्मत नहार्नु ।’
बाल्यकालमा कलाकारिता क्षेत्रमा लाग्छु भन्दा उनलाई अभिभावकले गाली गर्दै कहिले पनि कलाकार बन्न नसक्ने बताउने गरेको उनले सम्झना गरिन् । ‘जब म सानो थिए तब मेरा अभिभाबकले मलाई गाली गर्दै भन्थे, तिमी सात जुनीमा पनि कलाकार बन्न सक्नेछैनौ, ’ उनले भनिन् ।
‘म सानो मा परिवार भित्र को नराम्री थिएँ रे । मेरा सामु अनेकन बाधा व्यावधान आएका थिए । तर मैले कहिल्यै हिम्मत हरिनँ र आज म यहाँसम्म आइपुगेको छु ।’ उनी भन्छिन्, ‘ मलाई लाग्छ जीवनमा कुनै लक्ष्य नै नराखिकन बाँच्नुभन्दा बरु महान् लक्ष्य बोकेर मर्नु महानता होइन र ?’
मानिसले जे पनि गर्न सक्छ तर त्यसको लागि पहिले हिम्मत हुनुपर्ने रेखाको मान्यता छ । उनी भन्छिन्, ‘हामी जे पनि गर्न सक्छौं, तर पहिले जे पनि गर्न सक्छु भन्ने सोच त निकाल्नु पर्यो नि, आत्मविश्वास त बलियो बनाउनु पर्यो नि । कुनै कुरा असमभव छैन दुनिया मा आफुलाई बदल्न सक्ने शक्ति नै संसार बदल्न सक्ने ताकत हो । ’
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij