मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

दाह्री राख्नुका यी फाइदाबारे के जानकार हुनुहुन्छ तपाईं ? (वैज्ञानिक कारणसहित)

  • प्रकाशित मिति : मङ्लबार, कार्तिक ३०, २०७३



  • पुरुषहरुले विशेषगरी आफ्नो दाह्री फेसनको रुपमा राख्ने गर्दछन् । तर यसको पछाडि केही वैज्ञानिक कारण पनि छ जसले तपाईंलाई विभिन्न फाइदा पनि पुर्याउँछ । यदि पुरुषले एक उमेरपछि दाह्री राख्न सुरु गरे छालासम्बन्धि थुप्रै समस्या कम हुने गर्दछ । यहाँ दाह्री राख्नुका १० फाइदाबारे जानकारी दिइएको छ ।

    छालाको चमक बढाउँछः
    दाह्री राख्दा छालामा धुलो, माटो र घामको असर कम हुन्छ । यसले अनुहारमा हुने चमक कायम राख्नुका साथै बढाउन सहयोग गर्दछ ।

    ट्यानिङबाट जोगाउँछः
    दाह्रीले सूर्यबाट आउने हानिकारक अल्ट्राभोइलेट किरणबाट बचाउँछ । यसले ट्यानिङको समस्या कम गराउँछ ।

    नरम छाला बनाउँछः
    हावाका कारण अनुहार सुख्खा हुने गर्दछ तर दाह्रीले सुख्खापन निम्त्याउँदैन त्यसकारण छाला नरम रहिरहन्छ ।

    एलर्जीबाट बचाउँछः
    दाह्रीले शरिरको तापक्रम नियन्त्रणमा राख्छ । यस्तो अवस्थामा पोलेन एलर्जी, रुघा खोकी र दमसँग लड्ने क्षमता बढाउँछ ।

    चाउरी पर्न रोक्छः
    दाह्री राख्दा अनुहारमा धुलोको असर कम पर्छ त्यसकारण छाला नरम भइरहन्छ । यसले चाउरीको समस्यालाई कम गर्दछ ।

    छालाको क्यान्सरः
    थुप्रै अनुसन्धानले पुष्टि गरेअनुसार सूर्यबाट निस्कने हानिकारक अल्ट्राभ्वाइलेट किरण छालाको प्रत्यक्ष सम्पर्कमा आउन दाह्रीले सहयोग पुर्याउँछ । यसले छालाको क्यान्सरको खतरा कम गराउँछ ।

    डन्डिफोरः
    जसलाई डन्डिफोरको समस्या छ उनीहरुले नियमित दाह्री काटे डन्डिफोर काटिने र त्यसमा संक्रमणको डर हुन्छ । दाह्री राख्दा यो समस्या कम हुन्छ ।

    बुढ्यौलीः
    दाह्रीले अनुहारको सेबेसियस ग्ल्याण्डलाई जोगाएर राखेको हुन्छ । यसमा छालालाई नरम बनाइराख्ने तेल निस्कन्छ जसले बुढ्यौलीको समस्यालाई कम गर्दछ ।

    संक्रमण:
    हावाबाट फैलिने ब्याक्टेरियालाई मुखसम्म पुग्न दाह्रीले बचाउँछ । यसले गलामा इन्फेक्सनको डर हुन दिँदैन र यसले चिसोबाट पनि बचाउँछ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij