मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

चिसोले खोकी लागिरहन्छ ? यी १० घरेलु तरिका अपनाउनुस्

  • प्रकाशित मिति : बिहिबार, मंसिर २, २०७३



  • चिसो मौसममा ब्याक्टेरिया र भाइरस निकै तिब्र रुपमा फैलने गर्दछ । जसका कारण रुघा खोकीजस्ता स्वास्थ्यजन्य समस्या धेरैलाई हुनसक्छ । तर हामी हाम्रो किचनमा पाइने यी कुराहरुले रुघा खोकीबाट निकै चाँडै राहत पाउन सक्छौं ।

    तुलसीः
    एक कप तातो पानीमा ५–७ वटा तुलसीको पात उमाल्नुहोस् । यसलाई चिसो गरेर दिनमा २–३ पटक पिउनुहोस् ।
    मेथीको दानाः

    मेथीको दानालाई पानीमा उमालेर दिनमा २ पटक पिउनुहोस् । यसले निकै फाइदा पुर्याउँछ ।

    कालो मरिचः
    एक चम्चा महमा एक चिम्टी कालो मरिच पाउडर हालेर चाट्नुहोस् । दिनमा दुई पटक यसरी मह सेवन गर्दा खोकी चट् हुन्छ ।

    अदुवाः
    एक चम्चा अदुवाको पाउडरमा एक कप पानीमा हालेर उमाल्नुहोस् र पिउनुहोस् । यसले संक्रमण र भाइरसलाई बचाउँछ ।

    बेसारः
    बिहान बेलुकका बेसारको धुलो दूधमा हालेर पिउनुहोस् । यसले ब्याक्टेरिया र भाइरसबाट राहत दिलाउँछ ।

    अंगुरः
    आधा कप अंगुरको जुसमा आधा चम्चा पानी मिसाएर बिहान बेलुका पिउनुहोस् । राहत पाउनुहुनेछ ।

    मह, अदुवा र कागती पानीः
    एक चम्चा मह र आधा चम्चा अदुवाको पाउडरलाई एक कप मनतातो कागती पानीमा मिसाएर पिउनेछ । यसले खोकीलाई निकै फाइदा पुर्याउँछ ।

    किसमिस र अदुवाः
    आधा मुट्ठी किसमिसलाई एक चम्चा अदुवाको पाउडरमा उमालेर पिउनुहोस् । आराम पाउनुहुनेछ ।

    कागती पानी र किसमिसः
    एक मुट्ठी किशमिशलाई पानीमा उमाल्नुहोस् । यसमा आधा चम्चा कागती पानी हालेर दिनमा दुई पटक पिउनुहोस् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij