शुक्रबार, कार्तिक २१, २०८३ | Friday 6th November 2026

सिरहाका २२ गाविस खुल्ला दिसामुक्त

  • प्रकाशित मिति : शुक्रबार, मंसिर ३, २०७३



  • लहान । सिरहा जिल्लाका गाउँगाउँमा यतिबेला शौचालय निर्माणको काम तीव्र गतिमा भइरहेको छ । सिरहा जिल्लालाई सन् २०१६ भित्र खुल्ला दिसामुक्त जिल्ला घोषणा गर्ने उद्देश्यका साथ हालसम्म जिल्लाका २२ वटा गाविस खुल्ला दिसामुक्त घोषणा भइसकेको जनाइएको छ ।

    घरघरमा शौचालयको पहुँच पु¥याएर खुल्ला दिसामुक्त घोषणा गर्ने योजनाअनुसार कुल ६३ गाविसमध्ये हालसम्म २२ वटा गाविस घोषणा भइसकेको जिल्ला खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय लहानका प्रमुख राजेश कुशवाहाले जानकारी दिए । घोषणा गर्न बाँकी ४१ वटा गाविसमा पनि तीव्ररुपमा शौचालय निर्माणको काम भइरहेको प्रमुख कुशवाहाले बताए।

    सिरहाका विभिन्न नगरपालिकाका १४ वटा वडा खुल्ला दिसामुक्त घोषणा भइसकेको र जिल्लाको तुलसीपुर, पिप्रा प्रपी, सीतापुर प्रध, खुरकियाँही, डुमरी, महनौर र बेला गाविस तथा सिरहा नगरपालिका—१४ खिरौना, सुखीपुर नगरपालिका–४ र गोलबजार नगरपालिका–१ मुक्सारलाई मङ्सिर १५ गतेभित्र खुल्ला दिसामुक्त घोषणा गर्ने तयारी भइरहेको प्रमुख कुशवाहाले जानकारी दिए ।

    सरसफाइको दृष्टिकोणले नेपालको ७४औँ स्थानमा रहेको सिरहामा शौचालयको पहुँचसँगै सरसफाइको अवस्थामा सुधार आएको छ । शौचालय निर्माण अभियान सुरु हुँदा सिरहामा शौचालयको पहुँचमा २१।२ प्रतिशत घरधुरी रहेकामा हाल ६७ प्रतिशतमा शौचालयको पहुँच पुगेको जिल्ला खानेपाली तथा सरसफाइ डिभिजन कार्यालय, लहानका इन्जिनियर कृष्ण साहले बताए ।

    सन् २०१५ भित्र खुल्ला दिसामुक्त जिल्ला घोषणा गर्ने लक्ष्य राखिए पनि गत वर्षको मधेस आन्दोलनका कारण प्रभावित भएको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा
    न्यायाधीशलाई मेलमिलापकर्ता बनाउन मिल्दैनः बार अध्यक्ष मिश्र
    एनपीएलमा जनकपुर लुम्बिनीले दिएको १५० रनको चुनौती पछ्याउँदै
    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij