शुक्रबार, कार्तिक २१, २०८३ | Friday 6th November 2026

जाजरकोटको दुर्गमका स्वास्थ्य संस्था खाली गरेर सरुवा, स्थानीय स्वास्थ्य सेवाबाट वञ्चित

  • प्रकाशित मिति : शुक्रबार, मंसिर ३, २०७३



  • जाजरकोट । यहाँ दुर्गमका स्वास्थ्य संस्था खाली बनाएर स्वास्थ्यकर्मीको सरुवा गरिएको छ ।

    विगतमा झाडापखाला र स्वाइनफ्लुको महामारी फैलिएका पैक, नायकवाडा र रग्दा गाविसका स्वास्थ्य संस्था नै खाली हुने गरी स्वास्थ्यकर्मी सरुवा गरिएको हो ।

    यसरी स्वास्थ्य संस्था नै खाली गराएर सरुवा गरिँदा यहाँका स्थानीयवासी स्वास्थ्य सेवा पाउनबाट वञ्चित हुने भएका छन् । रग्दा गाविसको स्वास्थ्य चौकीबाट दुईजना अहेबको दरबन्दी खाली हुने गरी सुरुवा गरिएको छ ।

    त्यस्तै नायकवाडा गाविसको स्वास्थ्य चौकीमा दुईजना अहेबलाई एकैपटक सरुवा गरी स्वास्थ्य संस्था नै खाली गराइएको छ । स्वाइन फ्लु फैलिएको पैक गाविसको स्वास्थ्य संस्थामा कार्यरत दुईजना अहेबको पनि सरुवा गरिएको छ । अहिले यी सबै ठाउँमा एकजना अनमीको भरमा स्वास्थ्य संस्था सञ्चालन भएका छन् । कार्यालय खोल्ने र बन्द गर्ने अनि गर्भवती जाँचमात्र गर्ने अधिकार अनमीमा हुने गरेको छ ।

    यसरी २० भन्दा बढी स्वास्थ्यकर्मीको स्वास्थ्य संस्था नै खाली हुने गरी सरुवा गरिएपछि जाजरकोटका दुर्गम भेगका वासिन्दा आधारभूत स्वास्थ्य सेवाबाट बञ्चित भएका छन् ।

    सरुवा गरिएलगत्तै यहाँको बहिरङ्ग सेवासमेत बन्द हुन पुगेको छ । सरुवा गरिएको ठाउँमा लोक सेवा आयोगको परीक्षाफल प्रकाशित भएपछि मात्र पदपूर्ति हुने जनाइएको छ ।

    स्वास्थ्य सेवा विभागले गत कात्तिक ३० गतेको निर्णयबाट यी सरुवाहरु भएका हुन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा
    न्यायाधीशलाई मेलमिलापकर्ता बनाउन मिल्दैनः बार अध्यक्ष मिश्र
    एनपीएलमा जनकपुर लुम्बिनीले दिएको १५० रनको चुनौती पछ्याउँदै
    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij