प्रकाशित मिति : शुक्रबार, मंसिर ३, २०७३
चितवन । ठोरीका जनताले आफ्नो क्षेत्रलाई प्रदेश नम्बर ३ मा फर्काउन माग गरेका छन् । संविधान संशोधन मार्फत पर्साको पश्चिम तर्फको अन्तिम गाबिस ठोरी र नीर्मलबस्ती गाबिसलाई चितवन सहितको प्रदेश नं ३ मा समायोजन नगराए कडा आन्दोलनलाई गर्ने उनीहरुले चेतावनी दिएका हुन् ।
चितवनमा पत्रकार सम्मेलन गर्दै साबिक ठोरी–चितवन पुनः समायोजन समितीका संयोजक प्रकाश खनालले व्यक्तिगत स्वार्थका लागि जिल्लाका नेतृत्वले समग्र ठोरीको भावनामा कुल्चिएर अन्यौल बनाईराखेको आरोप लगाए ।
दुई गाबिसमा रहेका २२ हजार जनसंख्या शत प्रतिशत पहाडिया समुदाय बस्ती रहेको र सम्पुर्ण जनताको चाहाना भनेको चितवन सहितको प्रदेश नं ३ मा समायोजन हुने रहेको समितिले जनाएको छ ।
‘राज्यको मापदण्ड अनुसार स्थानीय सरकार निर्माण गर्ने हो । हामी २०३४ साल अघि पनि चितवनमानै थियौं । हाम्रो भाषा , सस्कृती ,रीतीरीवाज , रहनसहन , सडक सुगमता , प्रशाशनीक सहजता भनेको चितवन हो । हामीलाई जवरजस्ती पर्सामा राख्न खोजिदैछ यो हामीलाई मान्य छैन,’ समिती सदस्य सुदिप थापाले भने ।
‘अब हामी चुप लागेर बस्दानौं । हामी हाम्रो माग अर्थात साबिक ठोरीलाई प्रदेश नं ३ मा नफर्काए जस्तो सुकै आन्दोलन गर्न पछि पर्दैनौं,’ थापाले भने ।
साबिक ठोरीलाई संविधान जारी पूर्व बनेको उच्च स्तरीय समितीले प्रदेश नं ३ मा समायोजन भएको संयोजक डा बाबुराम भट्टराईले जानकारी गराएका थिए । ‘हामीले खुशी मनायौं ,दिप प्रज्वलन गर्यौँ तर हाम्रो खुशी २४ घण्टा बित्न नपाउदै खोसीयो । मस्यौदामा ठोरी बारे केहि उल्लेख छैन,’ समितिले जनाएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij