प्रकाशित मिति : शुक्रबार, मंसिर ३, २०७३
काठमाडौं । कोरिया तथा विश्व मार्शल आर्टस् हाप्किडो महासंघका अध्यक्ष ली डाई ह्युन नेपाल आएका छन् ।
मंसीर सात र आठमा नेपालमा हुन लागेको नेपाल मार्शल आर्ट हाप्किडो संघको प्रथम राष्ट्रिय प्रशिक्षण प्रशिक्षण कार्यक्रममा सहभागी हुन उनी नेपाल आईपुगेका हुन् ।
अध्यक्ष ह्युनलाई नेपाल मार्शल आर्टस् हाप्किदो संघका अध्यक्ष कालीबहादुर घर्ती मगरलगायत पदाधिकारीले त्रिभुवन विमानस्थलमा स्वागत गरेका थिए । उनीसँगै सोही कार्यक्रममा सहभागी हुन एनआरएन जापानका अध्यक्ष राजु क्षेत्री पनि नेपाल आएका छन् ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij