प्रकाशित मिति : शुक्रबार, मंसिर ३, २०७३
काठमाडौं । ओम हस्पिटल एण्ड रिसर्च सेन्टरको अध्यक्ष पदमा उद्धब पौडेल सर्वसम्मत चयन भएका छन् ।
अस्पतालको बिहिबार बसेको सञ्चालक समितिको बैठकबाट पौडेल अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् । पौडेल राप्रपा नेपालका कोषाध्यक्ष तथा बरिष्ठ चलचित्रकर्मी समेत हुन् ।
यसअघि वरिष्ठ चिकित्सक डा भोला रिजाल अस्पतालको अध्यक्ष रहेका थिए । अध्यक्षमा चयन भएपछि पौडेलले हस्पिटललाई विश्वसनीय, गुणस्तरीय र सुविधा सम्पन्न बनाउन प्रयत्न गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij