शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

चिसोमा दुईपांग्रे चलाउँदा यी ५ कुरामा ध्यान दिनुहोस्

  • प्रकाशित मिति : शनिबार, मंसिर ४, २०७३



  • चिसो मौसममा दुईपांग्रे चलाउनु निकै चुनौतीपूर्ण हुन्छ । चिसो स्याँठ तथा बाटो नै नदेखिने हुस्सु लाग्ने कारण आफ्नो गतिमा पनि विशेष ध्यान दिनुपर्छ । यस्तो अवस्थामा तीव्र गति लिनु र सवारी लेन बेवास्ता गर्नु ठूलै जोखिम निम्त्याउनु पनि हुन्छ । सवारी नियमको पालना गर्दै सुरक्षित पहिरन प्रयोग गरी मोटरसाइकल चलाउन आवश्यक केही सामग्री यस्ता हुन सक्छन् :

    1-उपयुक्त चस्माको प्रयोग

    मोटरसाइकलमा यात्रा गर्दा चिसो हावाका साथै धुलोका कण, सूर्यका विकिरणलगायतबाट आँखाको सुरक्षा गर्न चस्मा महत्वपूर्ण हुन्छ । सुहाउँदो र आकर्षक चस्माले तपाईंको व्यक्तित्वसमेत बढाउँछ । त्यसैले, समय र आफूसुहाउँदो चस्मा छनोट गर्नुपर्छ । बजारमा एभिएटर, पोलाराइज्ट, रिमलेस, ओभर साइज्डलगायत विभिन्न ब्रान्डका चस्मा उपलब्ध छन् ।

    2-सुरक्षित फुल हेल्मेट

    हेल्मेट मोटरसाइकलचालकको सुरक्षा उपकरण हो । जाडो मौसममा मोटरसाइकलमा यात्रा गर्दा फुल हेल्मेट प्रयोग गर्नु बुद्धिमानी हुन्छ । बजारमा अहिले विभिन्न किसिम (स्टाइल, डिजाइन)का हेल्मेट उपलब्ध छन् । त्यसैले, आफ्नो रुचिअनुसार आकर्षक रङ तथा डिजाइनसहितको हेल्मेट प्रयोग गर्न सकिन्छ । तुलनात्मक रूपमा केही बढी खर्च गर्ने इच्छाअनुसार विभिन्न मोडेलको आकर्षक हेल्मेट पाउन सकिन्छ ।

    3-पन्जा

    चिसो मौसममा मोटरसाइकल चलाउँदा हात कक्रेर चलाउनै नसक्ने पनि हुन सक्छ । यस्तोमा हावा नछिर्ने पन्जाले हातको सुरक्षा गर्छ । बजारमा लेदर, फ्याब्रिक, फुल्ली प्याडेड, फिंगरलेसलगायतका पन्जा उपलब्ध छन् । छालाबाट निर्मित पन्जा पारम्परिक मानिन्छ । तर, लचिलोपन रुचाउनेलाई नाइलनको पन्जा उपयुक्त हुन सक्छ । सुरक्षा, सजिलो र प्रविधिका दृष्टिले आफूलाई उपयुक्त पन्जा प्रयोग गर्नुपर्छ ।

    4-जुत्ता

    चिसो मौसममा स्यान्डल लगाएर दुईपांग्रे चलाउनु उपयुक्त हुँदैन । जुत्ताले खुट्टाको सुरक्षा गर्छ भने यसले मानिसको व्यक्तित्व बढाउने विश्वाससमेत गरिन्छ । मोटरसाइकल चलाउन तपाईं स्टाइलिस स्पोर्ट सुज वा बाइकिङ बुट प्रयोग गर्न सक्नुहुन्छ ।

    5-उपयुक्त पहिरन

    मोटरसाइकल चलाउँदा आफ्नो शरीरलाई सन्तुलनमा राख्न महत्वपूर्ण हुन्छ । त्यसैले, यस्तो मौसममा यात्रा गर्दा आफूलाई सहज हुने पहिरन लगाउनुपर्छ । ज्याकेट, विन्डचिटर, मास्क, चेस्टगार्ड, ह्यान्ड वार्म, लेगवार्म प्रयोग गरेर सुरक्षित हुन सकिन्छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij