मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

श्रीमतीलाई माया गर्नुहुन्छ भने उनको खानामा समावेश गर्नुहोस् यी १० खानेकुरा

  • प्रकाशित मिति : शनिबार, मंसिर ४, २०७३



  • उमेर बढेसँगै महिलामा थुप्रै प्रकारको हर्मोन परिवर्तन हुने गर्दछ । यस्तो अवस्थामा महिलालाई कमजोरी, प्रजननमा कमी र रगतको कमीजस्ता समस्याको सामना गर्नुपर्ने हुन्छ । यी समस्यालाई टाढा राख्नका लागि महिलाको खानामा भिटामिन र मिनरल्सयुक्त खानेकुरा समावेश गर्नुपर्छ ।

    दूधः
    महिलाहरुले नियमित रुपमा दिनमा एक ग्लास दुध पिउन आवश्यक छ । दूधमा पर्याप्त मात्रामा प्रोटिन र क्याल्सियम हुने भएकाले यसले हड्डी र छालालाई स्वस्थ राख्नमा मद्दत गर्दछ ।

    ब्राउन राइसः
    महिलाले आफ्नो डाइटमा सेतो चामलको सट्टा ब्राउन राइस समावेश गर्नुहोस् । यसले शरिरलाई पर्याप्त मात्रामा ऊर्जा प्रदान गर्दछ जसले कमजोरी हट्न सहयोग गर्छ ।

    आलूः
    आलूमा कार्बोहाइड्रेट, भिटामिन ए र सी प्रचुर मात्रामा पाइन्छ । जसले शरिरलाई भरपूर ऊर्जा प्रदान गर्दछ । यसले महिलालाई हुने कमजोरी हटाउन सहयोग गर्छ ।

    महः
    महले शरिरलाई पर्याप्त मात्रामा ऊर्जा दिन्छ । यसलाई नियमित आफ्नो खानामा संलग्न गर्दा महिलाको कमजोरी टाढा हुन्छ । यसले छालालाई पनि स्वस्थ राख्न मद्दत गर्छ ।

    स्याउः
    स्याउ आइरन र फाइबरको निकै राम्रो स्रोत मानिन्छ । यसलाई नियमित खानामा समावेश गर्दा रक्तअल्पत्ताको समस्या टाढा रहन्छ ।

    केराः
    केरामा पर्याप्त मात्रामा आइरन र कार्बोहाइड्रेट हुन्छ जसले शरिरलाई ऊर्जा प्रदान गर्न सहयोग गर्दछ । महिलाले नियमित दुईवटा केरालाई आफ्नो खानामा संलग्न गराए यसले प्रजनन बढाउन सहयोग गर्दछ भने कमजोरी पनि हटाउँछ ।

    ओखरः
    ओखरमा पाइने आइरन, क्याल्सियम, जिंक र एन्टिअक्सिडेन्टले शरिरको विभिन्न भागलाई स्वस्थ राख्न सहयोग गर्छ । यसले महिलालाई रक्तअल्पत्ताको समस्या हटाउँछ ।

    एल्मोन्ड (बदाम):
    सुत्नुभन्दा अघि एल्मोन्ड (बदाम) लाई पानीमा भिजाउनुहोस् । बिहान यसलाई खाली पेटमा खानुहोस् । यसले महिलाको प्रजनन बढाउँछ भने कमजोरी हटाउँछ ।

    अण्डाः
    अण्डा प्रोटिनको निकै राम्रो स्रोत हो । नियमित ब्रेकफास्टमा दुईवटा अण्डा समावेश गर्नुहोस् । यसले महिलाको प्रजनन बढाउन मद्दत गर्दछ र कमजोरी हटाउँछ ।

    हरियो सागसब्जीः
    आफ्नो खानामा हरियो सागसब्जी जस्तै पालुङ्गो, मेथी, बन्दालाई समावेश गर्नुहोस् । यसमा भिटामिन र मिनरल्स भरपूर मात्रामा पाइन्छ जसले महिलाको रक्तअल्पत्ताको समस्या हटाउँछ भने छालालाई स्वस्थ राख्दछ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij