शुक्रबार, कार्तिक २१, २०८३ | Friday 6th November 2026

अनौठो मन्दिर, जहाँ देवीलाई चढाइन्छ जुत्ताको माला

  • प्रकाशित मिति : आइतवार, मंसिर ५, २०७३



  • मन्दिरमा देवीदेउतलाई फूल, अक्षता, टिका तथा प्रसाद चढाइन्छ । वस्त्र, आभुषण तथा द्रव्य अर्पण गर्न पनि सकिन्छ । तर भारतमा एउटा यस्तो देवीको मन्दिर छ जहाँ देवीलाई उपर्युक्त चिजहरु होइन विशेष रुपमा जुत्ताको माला चढाइन्छ ।

    कर्नाटकको गुलबर्ग जिल्लामा रहेको लकम्मा देवीको मन्दिर छ । त्यहाँ हरेक वर्ष जुत्ता पर्वको आयोजना हुन्छ । अनि उक्त पर्वमा देवीलाई जुत्ताचप्पल चढाउनका लागि टाढा टाढाबाट मानिसहरु ओइरिन्छन् ।

    देवीलाई जुत्ता चढाउने उक्त पर्वमा खासगरी गोला बी नामक गाउँका मानिसहरु  उच्च रुपमा भाग लिन्छन् । अनौठो परम्पराका कारण यो पर्व प्रसिद्ध छ ।

    हरेक वर्ष दिपावलीको छैटौँ दिन पर्वको आयोजना गरिन्छ । मानिसहरु मन्दिर बाहिर रहेको एक रुखमा जुत्ता चप्पल तथा जुत्ताको माला समेत उनेर टाँग्दछन् अनि देवीसँग आशिर्वाद माग्छन् । साथै देवीलाई शाकाहारी तथा मांशाहारी भोगनको भोग पनि लगाउँछन् ।

    यसरी देवीलाई जुत्ताचप्पल चढाउँदा देवीलाई मानिसहरुलाई खराब शक्तिहरुबाट रक्षा गर्ने विश्वास गरिन्छ । साथै यसरी चढाउने खुट्टा तथा ढाड दुख्ने समस्या निको हुने विश्वास पनि छ । उक्त मन्दिरमा हिन्दु मात्र होइन मुसलमानहरु समेत चप्पल चढाउन आउँछन् । जनश्रूती अनुसार भक्तजनले चढाएका चप्पल लगाएर देवी रातिको समयमा गाउँभर घुमेर मानिसहरु रक्षा गर्छिन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा
    न्यायाधीशलाई मेलमिलापकर्ता बनाउन मिल्दैनः बार अध्यक्ष मिश्र
    एनपीएलमा जनकपुर लुम्बिनीले दिएको १५० रनको चुनौती पछ्याउँदै
    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij