प्रकाशित मिति : सोमवार, मंसिर ६, २०७३
तपाईंले घरमा यस्ता जीवजन्तु पाल्नुभएको होला जसबाट तपाईंलाई कुनै पनि खतरा नहुने सोच्नुभएको होला । तर सधैं मानिसले सोचेको जस्तो कहाँ हुन्छ छ । घरमा पालेको बिरालोले परिवारको कुनै सदस्यको ज्यान नै लिन्छ भन्ने कसले सोचेको हुन्छ र ? तर यस्तो डरलाग्दो दुर्घटना भारतमा भएको छ ।
भारतको उत्तर प्रदेशको कानपुरमा एक ज्यानमारा बिरालोले ४५ दिने शिशुको ज्यान लिएको छ । शिशुको मुखमा दुध लागेको भएर बिरालोले आक्रमण गरेको बताइएको छ ।
उत्तर प्रदेशको जनपद कानपुरको सनिगवां थाना क्षेत्रमा एउटा बिरालो ४५ दिने बालिकाको हत्यारा बनेको हो । बिरालोको आक्रमणले ती शिशुको तत्काल मृत्यु भयो । बत्तीको काम गर्ने धर्मपालकी श्रीमती शशीले गत बिहिबार आफ्नी नवजात शिशुलाई आँगनमा राखिएको चारखुट्टे खाटमा सुताएर भान्सामा काम गर्दै थिइन् । एक्कासी आफ्नी छोरी रोएको सुनेपछि उनी बाहिर आइन् तब उनले नजिकैबाट एउटा बिरालो त्यहाँबाट दौडिएको देखिन् । रगताम्मे छोरीलाई हातमा उठाउँदा उनी बेहोस थिइन् ।
शशीले वरिपरिका मानिससँग सहयोग मागिन् र छोरीलाई अस्पताल पुर्याइन् जहाँ उनलाई डाक्टरहरुले मृत घोषणा गरे ।
‘हामीले यस्तो घटनाबारे कहिले पनि सुनेका र देखेका थिएनौं,’ अस्पतालका एक कर्मचारीले बताए ।
बालिकाको निकै भयानक मृत्युपछि परिवार निकै विक्षिप्त बन्यो ।
शिशुका पिता धर्मपालका अनुसार शशीले बिहान छोरीलाई नुहाइन् र उनलाई तेलको मालिस गरेपछि दुध खुवाएर सुताइन् । दुध ख्वाउँदा छोरीको मुखमा दूध लागेको हुनुपर्छ त्यसकारण बिरालोले उनीमाथि हमला गरेको हुनुपर्छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij