प्रकाशित मिति : सोमवार, मंसिर ६, २०७३
काठमाडौ । अभिनेत्री रेजिना उप्रेती आमा बनेकी छन् । तीन बर्ष अगाडी लण्डनमा बस्दै आएका सुरज पोखरेलसँग बिहे गरेकी उनलाई आइतबार बेलुकी पुत्री लाभ भएको हो ।
उनी र छोरीको अवस्था राम्रो रहेको पति सुरजले फेसबुकमा लेखेका छन् । सर्जरी मार्फत छोरी जन्माएकी उनले जन्म दिएको छोरीको तौल ३.३५ केजी रहेको छ ।
उनी बिबाह पछि चलचित्र अभिनयबाट टाढा रहँदै आएकी छन् । करिब एक दशक चलचित्र अभिनयमा बिताएकी उनी केही चलचित्रका निर्माता पनि हुन् ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij