प्रकाशित मिति : सोमवार, मंसिर ६, २०७३
काठमाडौं । नुवाकोटको तारुका चौतारा गाउमा विदेशी आफैले अस्पताल निर्माण गरेका छन् ।
भुकम्प लगत्तै नेपाल घुम्न आएका स्वीस पर्यटकले तारुका गाउमा अस्पताल नभएको थाहा पाएपछि आफै संलग्न भएर अस्पताल निर्माण गरेका हुन् । करिब २ महिना लगाएर निर्माण सम्पन्न गरिएको अस्पतालको शहरी विकासमन्त्री अर्जुन नरसिंह केसीले एक समारोहका बीच उद्घाटन गरे ।
पर्यटन व्यवसायी मोहन लम्साल र पत्रकार शिव अधिकारीको अगुवाईमा तारुका गाउमा ३ विद्यालय १ अस्पताल पनि निर्माण भएको छ । विदेशीको प्रत्यक्ष सहयोगमा आफै संलग्न भएर करिव ३ करोडको लागतमा विद्यालय अस्पताल निर्माण भएको पर्यटन व्यवसायी लम्सालले जानकारी दिए ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै शहरी विकास मन्त्री केसीले गाउको विकासमा राजनीति गर्न नहुने बताए । गाँउको विकासमा सबै मिले हरेक योजना संभव हुने बताए । अस्पताल बनाउन स्वीस पर्यटक गाउमै बसी आफैले श्रमदान गरेका थिए ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij