प्रकाशित मिति : मङ्लबार, मंसिर ७, २०७३
बिहारको गया जिल्लास्थित एक गाउँमा एउटा निकै अचम्मको परिवार छ । सबै पुस्तासहित यो परिवारमा २५ सदस्य छन् । अचम्मको कुरा के छ भने यो परिवारको सबै सदस्यको हात र खुट्टामा गरी जम्मा २४ वटा औंला छन् । सबैलाई थाहा छ, सामान्य मानिसको हातखुट्टामा २० वटा औंला हुन्छ ।
छोरीको विवाहमा समस्याः
विहारको एक गाउँमा बस्ने ५० वर्षीय मजदुर कृष्णा चौधरीका अनुसार उनको हातमा पाँचवटा नभई ६ वटा औंला छन् । कृष्णा चौधरी भन्छन् कि उनका पिता र भाइ बहिनीको पनि हात खुट्टा गरी २४ वटा औंला छन् । कृष्ण भन्छन्, ‘घरको पुरुष सदस्यलाई त यसले त्यति समस्यामा पारेन तर महिलाहरुलाई भने विवाहमा समस्या आउने गरेको छ ।’
भगवानको आशिर्वाद सम्झिन्छन्ः
उनी थप्छन्, ‘मानिसहरु किन यसलाई नराम्रो मान्छन् यसबारे मलाई थाहा छैन ।’ कृष्णाकी भाउजु सितबिया चौधरी आफ्नो परिवारको यस्तो गुण भगवानको आशिर्वाद भन्छिन् । उनी भन्छिन्, ‘यो हाम्रो सदस्यका लागि भगवानको देन हो । यो एक गुणले पूरा परिवारलाई एकताबद्ध बनाएको छ ।’
आरामदायी चप्पल पाइँदैनः
आफूलगायत सम्पूर्ण परिवारका लागि आरामदायी चप्पल पाउन गाह्रो हुने कृष्णाले स्विकार गरेका छन् । उनले भने, ‘हामी सबै फित्ता भएको चप्पलमा सिमित हुनुपर्छ । हामी त्यति सम्पन्न छैनौं कि हामीले आफ्नो लागि छुट्टै चप्पल बनाउन सक्दैनौं ।’
छाला विज्ञान विभागका प्राफेसर डा. आयुष गुप्ताका अनुसार यो स्थितीलाई पोलिडेक्टिली भनिन्छ । यो एक अनुवांशिक रोग हो जुन एक पीढिबाट अर्कोमा सर्छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij