प्रकाशित मिति : बुधबार, मंसिर ८, २०७३
डिफेन्डिङ च्याम्पियन रियल मड्रिड च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ मा पुगेको छ। स्पोर्टिङ लिस्बोनलाई मंगलबार राति भएको खेलमा २–१ ले हराउँदै समूह एफबाट रियल मड्रिड नकआउट चरणमा स्थान बनाउन सफल भएको हो।
रियल मड्रिडको जितमा राफाएल वाराने र करिम बेन्जिमाले गोल गरेका थिए।
१० खेलाडीमा सीमित लिस्बोनका लागि एड्रिएन सिल्भाले एक गोल फर्काए । खेलको ६४ औं मिनेटमा जुआओ पेरेरा रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि लिस्बोन १० खेलाडीमा सीमित भएको थियो। जितसँगै रियल मड्रिड लगातार २० औं पटक च्याम्पियन्स लिगको अन्तिम १६ मा पुगेको छ। जारी लिगमा रियल मड्रिडको पाँच खेलबाट ११ अंकसहित समूहमा दोस्रो स्थानमा छ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij