प्रकाशित मिति : बिहिबार, मंसिर ९, २०७३
हुम्ला । हिमालय आँखा अस्पताल पोखराको आर्थिक सहयोग र जिल्ला आँखा उपचार केन्द्र हुम्लाको आयोजनामा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ ।
कार्तिक २३ गते बाट विभिन्नि गाउँमा संचालन भएको आँखा शिविरमा मोतीया विन्दु भएका विरामी छनोट पछि हुम्लाको सदरमुकाम सिमकोटमा लगि ८१ जान मोतिया विन्दु भएका विरामीहरुको निशुल्क शल्यकक्रिया गरेको जिल्ला आँखा उपचार केन्द्र हुम्लाका प्रमुख बुम बोहराले बताए ।
हुम्ला जिल्लामै निःशुल्क आँखा अप्रेशन संचालनमा आएपछि अहिले सम्म ९१जान विरामीको ४ लाख ५० हजार बराबरको रकम जोगिएको जिल्ला स्वास्थय कार्यालयले बताएको छ ।
हुम्लामा आँखा सम्बन्धि विरामीको संख्या धेरै भएकोले पनि सिमकोट जिल्ला स्वास्थयकाईलयमै चालन गरेको शिविरमा मात्रै ५सय भन्दा बढिले सामान्य आँखा चेकजाँच गर्नुको साथै ७५ जाना लाई सामान्य लेखापढ गर्ने लाई चस्मा वितरण र ८१ जान लाई मोतीया विन्दुभएका विरामी लाई निशुल्यक शल्यक्रिया गरेको हिमालय आँखा अस्पताल पोखराका डिपुटी डाईरेक्टरा इलियस श्रेष्ठले बताए ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij