प्रकाशित मिति : बिहिबार, मंसिर ९, २०७३
बैंक ब्यालेन्सले मात्र मध्यम वर्गीय र उच्च घरानालाई विभाजित बनाएको हुन्छ भन्ने छैन । संसारको सबैभन्दा धनी, सबैभन्दा सफल व्यक्तिको सोचले पनि अरुभन्दा भिन्न बनाएको हुन्छ । २५ वर्षभन्दा बढि समयसम्म धनी व्यक्तिमाथि अध्ययन गरेपछि सेल्फ मेड लेखक र अर्बपती स्टिभ सिबोल्डले ‘हाउ रिच पिपल थिंक’ लेखे ।
धेरै अन्तर्वार्ता गरेपछि सिबोल्टले इच्छाशक्तिको कमीले मात्र नभई आफूमा कम विश्वास गर्नाले र आफ्नो क्षमतालाई कम आँक्दा मानिसहरु उच्च घरानाको प्रतिस्पर्धामा उत्रने नसक्ने पत्ता लगाए । उनका अनुसार धनी व्यक्तिहरु आफूलगायत दिमागको पनि निकै प्रयोग गर्छन् जसले उनीहरुलाई अरुभन्दा भिन्न राख्छ ।
छैन पैसाको कमीः
आफूसँग पैसा नहुँदा पनि अरुको अगाडि भन्नु पर्दा उनीहरु कहिले पनि आफूसँग पैसा छैन भन्दैनन् । धनी व्यक्तिहरु आफ्नो भविष्यका लागि अरुबाट पैसा लिन डराउँदैनन् ।
सिबोल्टका अनुसार यदि धनी व्यक्तिसँग पर्याप्त पैसा छैन, उनीहरु अरुबाट ऋण लिन्छन् । कुनै व्यवसायमा हात हाल्नुभन्दा पहिले उनीहरु आफूलाई यी प्रश्नहरु गर्छन् । के यो खरिद गर्नु वा यसमा लगानी गर्नु वा यसलाई लिएर अगाडि बढ्नु सहि छ ? यदि यी सबै प्रश्नमा उनीहरु ढुक्क छन् भने यसलाई आफ्नो बनाउन जहाँबाट पनि पैसाको बन्दोबस्त गर्दछन् ।
धनी व्यक्तिको सोच निकै ठूलो हुन्छः
मध्यम वर्गीय मानिसहरु आफ्नो इच्छा र सोचलाई निकै सानो र कम राख्दछन् ता कि आफ्नो ठूलो सोच पुरा नहुँदा निशास हुनु नपरोस् । यस्तै, धनी व्यक्तिहरुको सोच निकै ठूलो हुन्छ । उनीहरु आफ्नो लागि कुनै पनि चुनौतीका लागि तयार हुन्छन् ।
उनका अनुसार कुनै पनि धनी व्यक्ति ठूलो सपना नदेखी बस्नै सक्दैनन् । मानिसले जति सोच्छ, त्यति नै पाउँछ भन्ने व्यक्तिहरु पनि कम छैनन् । यति हुँदा हुँदै पनि मानिसहरु आफूलाई मध्यम वर्गीयमा मात्र सिमित राख्छन् । उनीहरु यो सोच्छन् कि ठूलो सपना पूरा नभए निराश हुनुपर्छ ।
पैसा कमाउनु एक खेलः
सिबोल्टले उनको किताबमा लेखेका छन् कि धनी व्यक्तिको लागि व्यवसाय, जीवन र कमाई एक खेल हो र यो एउटा यस्तो खेल हो जसलाई उनीहरु जित्न चाहन्छन् । यसै कारण अर्बपती दैनिक काम गर्छन् ता कि उनीहरु आफ्नो अर्को सफलता हाँसिल गर्न सकून् । उनले लेखेका छन्, ‘‘खेल खेल्ने’ आशाले उनीहरुलाई अर्को स्तरमा लगातार लिएर जान्छ ।’
आफूलाई डरबाट राख्नुपर्छः
सिबोल्ड भन्छन् कि धनी व्यक्तिहरुको दिमाग यस्तो स्तरमा पुगेको हुन्छ जहाँ डरको कुनै ठाउँ नै छैन । आफ्नो दिमागलाई यस्तो स्तरमा पुर्याउनका लागि तपाईंले आफ्नो आरामदायक ठाउँबाट बाहिर निस्कनु पर्छ, यस्तै काम धनी व्यक्तिहरु गर्छन् ।
धनी बन्नु स्वभाविक होः
उनले लेखेका छन् कि धनी व्यक्तिहरु सफलता र खुसी प्रकृतिमा भएको ठान्छन् । यो विश्वासले उनीहरुलाई सफलतामा पुर्याउँछ । साधारण मानिसहरु आफू धनी बन्न नसक्ने सोच्छन् ।
पैसालाई आफ्नो साथी बनाउनुः
सिबोल्डले पुस्तकमा लेखेका छन् कि धनी व्यक्तिहरुले पैसालाई सबैभन्दा मिल्ने साथी मान्छन् । एउटा यस्तो साथी जसको लागि चिन्ताले भरिएको रात बिताउनु, समस्या लिनु हो । यस्तै, मिडल क्लास मानिस पैसालाई ठिक विपरित ठान्छन् ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij