प्रकाशित मिति : बिहिबार, मंसिर ९, २०७३
काठमाडौं । व्यस्त जीवन शैली र विलाशिताका कारण पछिल्लो समय अल्सर रोगका बिरामीहरु बढिरहेका छन् । समयमा खाना नखाँदा वा भोको टेपमा बढी चिल्लो पिरो खानाले ग्यास्ट्रिक हुनका साथै आमासयको खाना नलीको सानो आन्द्राको मुखमा घाउ हुन्छ । यही घाउ वा प्वाललाईनै अल्सर भनिन्छ ।
धेरै नेपालीमा यो रोग देखिने भएकाले पनि अस्लरलाई मानिसहरुले सामान्य रुपमा लिने गरेका छन् । तर समयमै सचेत नहुने हो भने यो गम्भीर डरलाग्दो रोग हो । अल्सरकै कारण नेपालमा वर्षीनै हजारौको मृत्यु हुने गरेको छ ।
शहरी क्षेत्रको तुलानामा ग्रामीण क्षेत्रमा यो रोगका बिरामीको संख्या बढी हुने गरेको छ । तर पछिल्लो समय शरही क्षेत्रमा अस्वस्थ्य खानपान र आरामदायी जीवन शैलीका कारण यो रोग दिन प्रतिदिन बढ्दो छ । यो रोगको लक्षण, उपचार र बच्ने उपायहरु :
अल्सर रोगका लक्ष्णहरु
– छाती वा पेटको माथिल्लो भाग दुख्छ ।
– खाना खाइ सकपछि वा खाली पेट हुदा पनि पेट दुखी रहन्छ ।
–पटक पटक बान्ता हुन्छ ।
–बान्दा हुदा कहीलेकाही रगत देखा पर्छ ।
अल्सर लाग्दा खाना हुने खानेकुराहरु
–दिनमा थोरै थोरै गरेर पाच–छ पटक स्वस्थ्यकर खानेकुरा खाने, धेरै एकैचोटी खानु राम्रो हुन्न् ।
–दुध, दाल पोस्ट भात , जाउलो, फलफुलहरु स्याउ, अनार, अंगुर, पाकेको कुरा,गाजार खाने ।
–प्रोटिन जन्य कुराहरु अण्डा, दाल,पनिर खानु राम्रो हुन्छ ।
–सम्भव भएसम्म चिसो दुख ३–४ पटक पिउदा हुन्छ , तर फ्रिजमा राखेको बढी चिसो भने पिउनु हुन्न् ।
अल्सर लाग्दा खाना नहुने कुराहरु
–अत्याधिक पिरो, नुन चर्को, अमिलो दहि र मोही नखाने ।
–रक्सी, चुरोट सेवनबाट टाडै रहने ।
–तेलमा तारेको चिल्लो खानेकुरा र बढी मसला हालेको कुरा नखाने ।
–धेरै तातो र धेरै चिसो खानेकुरा नखाने ।
–बढी रङ हालेको चिया वा कफि पनि सेवन गर्नुहुदैन् ।
अल्सर लाग्दा ध्यान दिनुपर्ने कुराहरु
–धेरैबेर भोकै बस्नु हुदैन् ।
–मानसिक चिन्ता बढी नलिने ।
–रातमा धेरैबेर अनिदो बस्नु हुदैन् , तर दिउसो नसुत्दानै राम्रो ।
– कालो चिया खाने बानी हटाउनु पर्छ ।
–यो रोगले बढी पेट दुख्ने हुदा दुखाई कम गर्ने जथाभाबी औषधी सेवान नगर्ने ।
अल्सर रोग लाग्दा घरमै गर्न सकिने उपायहरु
–शरीरलाई आराम प्रदान गर्ने ।
–अनाआवश्यक चिन्ताबाट मुक्त भई , खुसी वातवरणमा बस्ने ।
–नियमित ब्यायम गर्ने बानी बसाल्ने ।
–शरीरलाई बढी भार नपर्ने हल्का काम गरिरहने गर्नाले अल्सर रोगबाट बच्न सकिन्छ ।
यति हुदाहुदै पनि अल्सर रोग लागेको धेरै समय वितिसकेको भए तुरुन्त चिकित्सकको सल्लाह बमाजिम औषधी सेवान गर्नुका साथै चिकित्सकले भनेको कुरामा सचेत हुनु पर्दछ । अन्यथा अल्सररोगको समयमै उपचार भएन भने क्यानसर जस्ता गम्भीर रोग निम्तन पनि सक्छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij