मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

किन हुन्छ तनाव ? व्यवस्थापनका उपाय

  • प्रकाशित मिति : शनिबार, मंसिर ११, २०७३



  • अहिलेको प्रतिस्पर्धात्मक तथा भागदौडपूर्ण जीवनमा तनावलाई हामी पूर्ण रूपमा हटाउन सक्दैनौँ । तर, तनावको उचित व्यवस्थापन भने गर्न सकिन्छ । तनावले मानिसलाई मानसिक र भावनात्मक दबाब दिन्छ । मानिसको अनुभवअनुसार कार्य, परिवार, आर्थिकलगायतका कारण तनाव उत्पन्न हुन्छ । र, सोसँगै थुप्रै अन्य समस्याहरू पनि आउँछन् । झट्ट हेर्दा तनाव सामान्यजस्तो देखिए पनि यसले शारीरिक, भावनात्मक र मानसिक समस्या पैदा गर्छ ।

    तनावका असर

    – नैराश्यता ।

    – नकारात्मक विचार ।

    – एकाग्रतामा कमी ।

    – हातखुट्टाबाट पसिना आउने ।

    – थकान बढी हुने ।

    – अनिद्रा ।

    – शारीरिक समस्याहरू ।

    – यौन चाहनामा कमी ।

    – सम्बन्धमा समस्या ।

    – सृजनात्मक कार्यमा कमी । तनावका कारणहरू एक–अर्कासँग मिल्नुपर्छ भन्ने छैन । यसलाई समयमै व्यवस्थापन गर्न नसके जीवन धराशायी हुन सक्छ । यसले व्यक्तिलाई मात्र नभई परिवारदेखि समाजलाईसम्म असर पु-याउन सक्छ ।

    तनावको सही व्यवस्थापन

    कतिपय अवस्थामा तनाव किन भइरहेको छ र कसरी समाधान गर्ने भन्ने विषयमा अन्योल हुन्छ । मानिसको बानीव्यहोरा, सोच्ने तरिकाबाट पनि तनाव उत्पन्न हुन्छ ।

    मस्तिष्कलाई विश्राम दिने

    मस्तिष्कलाई कुनै कुराले चाहिनेभन्दा धेरै व्यस्त बनाउँदा दिमागलाई विश्राम पुग्दैन । यसका लागि जीवनोपयोगी उत्प्रेणामूलक पुस्तकहरू अध्ययन गर्न सक्छौँ । सोचाइलाई सकेसम्म सकारात्मक बनाउनुपर्छ । जीवनका प्रत्येक पलमा खुुसी भएर काम गर्ने कलाको विकास गर्नुपर्छ । सकेसम्म नकारात्मक वातावरण भएको स्थानमा बस्नु हुँदैन ।

    श्वासप्रश्वासको अभ्यास

    तनावसँग श्वासप्रश्वासको ठूलो सम्बन्ध छ । मानिस रिसाउँदा, तनावमा हुँदा श्वासको लय बिग्रन्छ । त्यस्तो समयमा श्वासलाई गहिरो लामो तान्ने अनि गहिरो लामो छोड्ने गर्नुपर्छ । यसले तुरुन्त तनावलाई शान्त बनाउँछ । यसलाई योगको भाषामा प्राणायाम पनि भनिन्छ।

    स्वस्थ जीवनशैली

    जीवनशैलीलाई स्वस्थ बनाउन सक्यौँ भने तनावले असर गर्न सक्दैन ।

    तनावलाई पूर्णतया हटाउन भने सकिँदैन । कसरी तनावलाई ग्रहण गर्ने भन्ने महत्वपूर्ण हो । त्यसैले सात्विक भोजन लिने, मद्यपान÷धुम्रपान नगर्ने, गाढा निद्रा लिनेजस्ता कुरालाई जीवनमा लागू गर्नुपर्छ।

    ध्यान र योग नियमित योग र ध्यानले शरीर, मन र भावनालाई सन्तुलित बनाउँँछ । नियमित ध्यानको अभ्यासले तनाव आउन दिँदैन ।

    यदि आइ नै हाल्यो भने पनि उचित सामाधानको उपाय खोज्न विवेक पैदा हुन्छ । यसले मानिसलाई स्वस्थ बनाउनुका साथै अध्यात्मको खोजसम्म पनि पु-याउँछ ।

    स्वीकार गर्ने कलाको विकास कतिपय कुरा स्वीकार गर्न नसक्दा पनि तनाव उत्पन्न हुन्छ । जसको कारण स्वयम् आफैँ हो ।

    कति कुराहरू यस्ता हुन्छन्, जसको नियन्त्रण अनि परिवर्तन सम्भव हुँदैन । यस्तो वेलामा स्वीकारभन्दा अर्को उपाय हुँदैन । क्षमा, करुणा, प्रेमलाई बढाउनुपर्छ ।

    विश्राम गर्ने समय निकाल्ने मानिस नाम र दाम कमाउन २४ घन्टाको आधाभन्दा धेरै समय व्यस्त रहन्छ । जसले गर्दा शरीर र दिमागलाई विश्रामको समय पुग्दैन । त्य

    सैले प्रकृतिसँग नजिक हुने, परिवारसँग घुलमिल हुने, असल साथीहरूसँग समय बिताउने गर्नुपर्छ । यसले गर्दा दिमागलाई स्फूर्त बनाउँछ ।

    राम्रा कुरालाई डायरीमा लेख्ने, संगीत सुन्ने, जुन काम गर्दा आनन्द आउँछ, त्यस्ता सकारात्मक कुरालाई दैनिक जीवनमा लागू गर्ने गर्नुपर्छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij