आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

नेपालले टेष्ट राष्ट्र श्रीलङ्काको सामना गर्ने

  • प्रकाशित मिति : आइतवार, मंसिर १२, २०७३



  • काठममाडौँ । थाइल्यान्डमा जारी एसिया कप ट्वान्टीट्वान्टी महिला क्रिकेट प्रतियोगितामा नेपालले भोलि श्रीलङ्काको सामना गर्नेभएको छ ।

    बैंककस्थित एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी क्रिकेट स्टेडियममा हुने खेलमा नेपालले विजय लक्ष्यका साथ टेष्ट राष्ट्र श्रीलङ्काको सामना गर्नेछ । एसियाली क्रिकेट परिषद् (एसीसी)ले आयोजना गरेको उक्त प्रतियोगितामा शनिबार भएको उद्घाटन खेलमा नेपाल पाकिस्तानसँग ९ विकेटले पराजित भएको थियो ।

    दुई महिनाअघि हङ्कङमा भएको विश्वकप छनोट प्रतियोगितामा एसिया क्षेत्रबाट दोस्रो हुँदै नेपाल एसिया कपमा छनोट भएको थियो । उक्त प्रतियोगितामा नेपालसहित आयोजक थाइल्यान्ड, बङ्गलादेश, पाकिस्तान, श्रीलङ्का र भारत गरी ६ टोलीको सहभागिता रहेको छ ।

    यसअघि सन् २००७ मा एसीसी महिला प्रतियोगितामा नेपाल उपविजेता बनेको थियो । त्यस्तै सन् २००८, २०१०, २०१२ मा एसिसी यू–१९ च्याम्पियनसिपको उपाधि नेपालले जितेको इतिहास छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij