शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

ओप्पो क्यामरा फोन अब २० हजार ४ सय ९० मा

  • प्रकाशित मिति : आइतवार, मंसिर १२, २०७३



  • काठमाडौं । उपभोक्ता माझ उत्कृष्ट सेल्फी क्यामेरा तथा अत्याधुनिक प्रविधि सुसज्जित फोनका रुपमा परिचित ओप्पो डिएस प्रालिले आफ्नो स्मार्टफोन मोडल ‘ए३७’को नयाँ मूल्यको घोषणा गरेको छ ।oppo-a37
    कम्पनीका अनुसार अब उपभोक्ताले ५ ईञ्च आईपीएस डिस्प्ले सहितको ओप्पो ‘ए३७’ रु. २० हजार ४ सय ९० मा खरिद गर्न सक्नेछन् । कम्पनीले फोनको पछिल्लो मूल्य २२ हजार ६ सय ९० मा रु २ हजार २ सय कटौती गर्दै नयाँ मूल्यमा फोन उपलब्ध गराएको हो ।
    ५ मेगापिक्सेल क्षमताको फ्रण्ट फेसिङ क्यामेरा सहितको ‘ए३७’मा अटो फोकस सुविधा सहितको ८ मेगा पिक्सेल क्षमताको रियर क्यामेरा उपलब्ध गरिएको छ । फोनमा कम्पनीले २ जीबी ¥याम र १६ जीबी रोमको ब्यवस्था गरेको छ ।
    अतिरिक्त सञ्चय क्षमताको आवश्यता परेमा प्रयोगकर्ताले फोनमा एसडी कार्डको माध्यमबाट १ सय २८ जीबी सम्म सञ्चय क्षमता बढाउन सकिने ब्यवस्था गरिएको छ । एण्ड्रोइडमा आधारित कलर ओएस ३.० सहितको फोनमा कम्पनीले २ हजार ६ सय ३० एमएएच क्षमताको ब्याट्री जडान गरेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij