मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

पर्वतमा उन्नाइस व्यक्ति एचआइभी सङ्क्रमित

  • प्रकाशित मिति : मङ्लबार, मंसिर १४, २०७३



  • पर्वत । एचआइभी एड्सबाट पर्वत जिल्लामा १९ जना सङ्क्रमित रहेको पाइएको छ ।

    तीमध्ये सातजना पुरुष, आठजना महिलामा एड्स सङ्क्रमण देखिएको हो । एड्स सङ्क्रमित हुने बालबालिकाको सङ्ख्या भने तीन रहेको छ ।

    जिल्ला अस्पताल पर्वतले यही साउनदेखि तथ्याङ्क सङ्कलन अभियान सुरु गरेको छ । सङ्क्रमित रोगीले अहिले निरन्तर निःशुल्क औषधि सेवन गरिरहेका छन् । जिल्लामा सबैभन्दा बढी २५ वर्षदेखि ५० वर्षसम्मका पुरुष र महिलामा एचआइभी एड्स सङ्क्रमित देखिएको जिल्ला अस्पताल पर्वतले जानकारी दिएको छ ।

    यौनकर्मी महिलासँग असुरक्षित तरिकाले यौन सम्पर्क राख्ने व्यक्ति एचआइभी एड्सबाट बढी सङ्क्रमित भएको जिल्ला अस्पताल पर्वतका प्रमुख डाक्टर फणीन्द्र बरालले जानकारी दिए । उनका अनुसार सबैभन्दा बढी प्रवासमा लामो समय बसेर फर्केका व्यक्तिमा एड्सको सङ्क्रमण बढ्दोरुपमा देखिएको छ ।

    जोखिमयुक्त तरिकाले यौनसम्पर्क राख्दा प्रवासमा एड्सको सङ्क्रमण भएको र घरमा रहेका श्रीमती र बालबालिकालाई उनीहरुले नै एड्सको सङ्क्रमण गराएकोे उनको भनाइ छ । एचआइभी एड्सको सङ्क्रमण रोक्नका लागि जनचेतना बढ्दै जानुपर्ने बरालले बताए ।

    जिल्लामा एड्सको सङ्क्रमण दर बढ्दै गएको देखिएकाले यसलाई न्यूनीकरण गर्नका लागि चेकजाँच सेवालाई ग्रामीण क्षेत्रसम्म विस्तार गर्न आवश्यक रहेको बरालको भनाइ छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij