मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

जाडोमा अनुहार तथा छालालाई कसरी राम्रो बनाउने ? जान्नुहोस्, ब्युटिसियनका टिप्स

  • प्रकाशित मिति : मङ्लबार, मंसिर १४, २०७३



  • चिसो समय छालाका लागि अति नै खराब समय हो । चिसो मौसममा छाला फुस्रो हुने, फुट्ने, एलर्जी हुने समस्या बढी हुन्छ । यस्ता समस्याबाट बच्नका लागि बजारमा पाइने मस्चराइजिङ् क्रिम वा विभिन्न खालको औषधि तथा सौन्दर्य प्रसाधनको प्रयोग गरिन्छ । कतै यस्ता प्रसाधनले छालालाई अझ कुरुप त बनाएको छैन ? छालालाई सन्तुलनमा राख्ने सम्बन्धमा ब्युटिसियन इन्दु आचार्यका सुझाव यस्ता छन् :

    कसैको छाला सुख्खा हुन्छ भने कसैको चिल्लो । जाडो मौसममा सुख्खा छालामा बढी समस्या आउँछ । मौसममा आउने परिवर्तन र बिहान बेलुकाको चिसो हावाले वातावरणलाई नै सुख्खा बनाएको हुन्छ । यसको प्रत्यक्ष असर हाम्रो छालामा पर्छ ।

    जाडोमा छालामा देखिने समस्याः
    –छाला फुस्रो वा सुख्खा हुने ।
    –छाला फुट्ने ।
    –अनुहारमा चाया, पोतो देखापर्ने ।
    –छाला चाउरी पर्ने ।
    –छालामा एलर्जी हुने ।

    छालालाई कसरी सन्तुलनमा राख्नेः
    –छालालाई सम्भव भएसम्म चिसोबाट जोगाउने ।
    – बढी चिसो वा तातो पानी प्रयोग नगर्ने । मनतातो पानीको प्रयोग गर्दा छालालाई सुख्खा हुनबाट बचाउन र सौन्दर्य कायम राख्न सहयोग पुग्छ ।
    –शरीरमा तापक्रम बढाउन घिउ वा तेलमा तारेको खाने कुरा नखाने ।
    –चिसोबाट बच्न छाला ढाक्ने गरी उनीको कपडा लगाउँदा धेरैमा एलर्जीको समस्या आउन सक्छ । त्यसकारण भित्रबाट नरम कटनको कपडा लगाएर मात्र उनीको कपडा लगाउने ।
    –छाला फुट्नबाट जोगाउन बजारमा उपलब्ध मस्चराइजिङ् क्रिम तथा औषधिको प्रयोग गर्दा सचेत हुने ।

    छाला फुटे वा चाउरी परेमा यसो गर्ने :
    – छालाको प्रकृति हेरी दिनमा ४–४ घण्टामा सफा पानीले धुने र फुस्रो छाला हुनेले ४ पटक आयुर्वेदिक मस्चराइजिङ क्रिमको प्रयो गर्नु राम्रो हुन्छ ।
    – छाला धेरै सुख्खा छ भने ग्लिसिरिनमा कागती मिसाएर लगाउने ।
    –प्रत्येक दिन छाला सफा गरेर बदाम तेल लगाउनु धेरै राम्रो हुन्छ ।
    –पानी बढी पिउँने । जसले छालालाई कडा हुनबाट केही हदसम्म बचाउँछ ।
    –दूध, दही र मौसमअनुसारका फलफूल बदाम, सुन्तला, स्याउ, स्टबेरी लगायत र हरियो सागपात बढी खानुपर्छ ।

    अनुहार तथा छालामा सौन्दर्य बढाउन घरेलु उपचार यसरी गर्ने सकिन्छ :
    –सुन्तलाको रस, बदामको धुलो र गाँजरको जुस मिसाएर अनुहारमा २० मिनेट लगाएर राखे छालामा चमक आउनुका साथै सुख्खापन र दाग हट्छ ।
    – तिलको तेल र बेसनको पिठो मिसाएर छाला धुँदा राम्रो हुन्छ ।
    –मेवाको गुदी नियमित रुपमा १०–१५ मिनेट लगाएर सफा पानीले पखाल्दा छालाका मृत्यकोष हटाउनका साथै छाला चम्किलो देखिन्छ ।
    –केरा र मह मिसाएर लगाई २० मिनेट राख्यो भने छाला राम्रो हुने र चाउरीपन हटाउन सहयोग पुग्छ ।
    –अनुहार तथा छालामा प्रयोग गर्ने साबुन वा फेसवास गुणस्तरीय हुन पर्छ । साथै तौलिया सफा र नरम हुनुपर्छ ।
    दुलही, दुलाहा हुँदा वा विशेष परिस्थितिमा बढी मेकअप गर्नुपर्ने हुन्छ । यस अवस्थामा छालालाई १५–२० दिन अगाडिदेखि नै छाला रोगविशेषज्ञ वा ब्युटिसियनहरुको सल्लाहा अनुसार सफा र क्लिनजिङ गरी तयार राख्नुपर्छ । र यस्तो अवस्थामा बढी केमिकलयुक्त क्रिमको प्रयोग गर्नुको सट्टा हर्बलको सौन्दर्य प्रसाधनका सामग्रीको प्रयोग गर्नु उपयुक्त हुन्छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij