मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

‘घरेलु हिंसाबाट लागेको चोटलाई मेकअपले कसरी लुकाउने ?’ बन्यो विवादको ‘बिऊ’

  • प्रकाशित मिति : मङ्लबार, मंसिर १४, २०७३



  • ‘घरेलु हिंसाबाट लागेको चोटलाई मेकअपले कसरी लुकाउने’, मोरोक्कोको सरकारी टेलिभिजनमा प्रसारित एक कार्यक्रममा जब यसबारे भिडियो देखाइयो तब सोसल मिडियाम हंगामा मच्चिएको छ ।

    कार्यक्रममा मेकअप आर्टिस्टले घरेलु हिंसापछि लागेको चोटलाई फाउन्डेसन लगाएर कसरी लुकाउने भन्ने जानकारी दिन्छिन् । त्यसपछि उनी भिन्न–भिन्न किसिमका फाउन्डेशनमाथि चर्चा गर्छिन् ।

    उक्त कार्यक्रम पछि ठूलो संख्यामा मानिसहरुले सोसल मिडियामा आफ्नो रिस व्यक्त गरेका छन् । यसका साथै मानिसहरुले महिलाप्रति हिंसालाई यति हल्का तरिकाले लिएको विरुद्ध फेसबुकमा मुद्दा चलाएको छ जसलाई हज्जारौं मानिसहरुले आफ्नो समर्थन जताइसकेका छन् ।

    मोरोक्कोका मानिसहरुले मिडिया वाचडग हाका (हाई अथोरिटी अफ अडियोभिजुअल कम्युनिकेशन) सँग च्यानलविरुद्ध कडा एक्सन चाल्नुपर्ने माग गरेका छन् ।

    पछि यो कार्यक्रमका लागि माफी माग्दै च्यानलले भन्यो, ‘कार्यक्रम निकै अनुपयुक्त थियो । यसले मानिसहरुको भावनामाथि चोट पुग्यो यसको लागि हामी माफी माग्छौं । हामी स्विकार गर्छौं कि यो एउटा ठूलो सम्पादकीय भुल भएको छ ।’

    यद्यपी, च्यानलले माफी मागेपछि पनि मानिसहरुको रिस कम भएको छैन ।

    एक फेसुबक प्रयोगकर्ताले लेखेकी छिन्, ‘कस्तो राम्रो खबर । अब मलाई मेरो श्रीमानले पिटे पनि कुनै चिन्ता छैन । अब म निकै आरामसँग सुत्न सक्छु । मेरो पिटाई भए म झटपट मेकअप गर्नसक्छु । काम तमाम ।’

    एक अन्य फेसबुक प्रयोगकर्ताले लेखे, ‘च्यानलले माफी माग्दैमा के यो मुद्दा सिद्धियो ? मिडिया वाचडगले यो च्यानललाई कडा चेतावनी दिनु पर्छ ।’

    एक अर्का फेसबुक प्रयोगकर्ताले च्यानललाई प्रश्न गरेका छन्, ‘के ब्लेडले लागेको चोट पनि मेकअपले हटाउन सक्छ ?’

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij