मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

हिमालपारिका जिल्लामा तापक्रम माइनसमा झर्यो

  • प्रकाशित मिति : सोमवार, मंसिर २०, २०७३



  • पोखरा ।  हिमालपारिका जिल्ला मनाङ र मुस्ताङमा केही दिन यता चिसो बढ्दै गएको छ ।

    चिसो बढेसँगै जिल्लाका माथिल्लो भेगमा बस्ने सर्वसाधारण जाडो छल्नका लागि तलतिर झर्ने क्रम बढेको छ । मनाङको सदरमुकाम चामेमाथिका उच्च पहाडी भूभागमा यतिखेर तापक्रम ऋणात्मक सात डिग्री पुगिसकेको मनाङका प्रजिअ गञ्जबहादुर एमसीले जानकारी दिए ।

    उनका अनुसार उपल्लो मनाङमा पिसाङ, घ्यारु, ङावल, भ्राका, मनाङ, टङ्की मनाङ र खाङ्सार गाविस छन् । चिसोका कारण ठाउँ ठाउँमा पानी जम्न सुरु भइसकेको बताइएको छ ।

    उपल्लो मुस्ताङका स्थानीयवासी जाडो छल्न तलतिर आउने क्रम बढिरहेको मुस्ताङका स्थानीय विकास अधिकारी हरि बास्तोलाले जानकारी दिनुभयो । सदरमुकाम जोमसोममा यतिखेर बिहान तथा राति लगभग ऋणात्मक चार डिग्री सेन्टिग्रेड तथा उपल्लो मुस्ताङमा ऋणात्मक पाँच डिग्री सेन्टिग्रेड तापक्रम पुगेको बताइएको छ ।

    उपल्लो मुस्ताङमा लोमान्थाङ, छोसेर, चराङ, छोनुप, घमी र सुर्खाङ पर्छन् । जाडो बढेसँगै मुस्ताङमा जाने पर्यटकको सङ्ख्यामा कमी आएको होटल सञ्चालक बताउँछन् । होटल ग्रान्ड साम्वालाका प्रोप्राइटर सुरज गुरुङका अनुसार मुक्तिनाथ क्षेत्रमा यतिखेर तापक्रम ऋणात्मक पाँच डिग्रीमा झरेको तथा धारामा पानी जम्ने क्रम सुरु भएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij