मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

पाल्पामा दुईसय ९५ एचआइभी सङ्क्रमित

  • प्रकाशित मिति : शुक्रबार, मंसिर २४, २०७३



  • पाल्पा ।  जिल्लामा हालसम्म दुईसय ९५ जना व्यक्ति एचआइभी एड्सबाट सङ्क्रमित भएका छन् ।जिल्लाका स्वास्थ्य संस्थामा एचआइभी परीक्षणबाट २७ र जिल्लाबाहिर स्वास्थ्य परीक्षणबाट भेटिएका तीनजना सहित सङ्क्रमितको सङ्ख्या दुईसय ९५ जना पुगेको जिल्ला स्वास्थ्य कार्यालय, पाल्पाका सूचना अधिकारी माधव ज्ञवालीले बताए। सङ्क्रमितमा एकसय ५७ पुरुष र एकसय ३८ महिला रहेका छन् ।

    कुल सङ्क्रमितमध्ये १८ वर्ष मुनिका ३८ बालबालिका एचआइभी एड्सबाट सङ्क्रमित अवस्थामा रहेका छन् । सूचना अधिकारी ज्ञवालीका अनुसार जिल्लामा ४१ जना सङ्क्रमित सार्वजनिक भइसकेका हुन् ।गत आवमा पाल्पामा एचआइभी एड्सबाट सङ्क्रमितमध्ये पाँचजनाले ज्यान गुमाएका हुन् । त्यसमध्ये एक पुरुष र चारजना महिला रहेका छन् । औषधि नियमतिरुपमा सेवन नगर्दा र रोगप्रति खेलबाड गरेकाले मुत्यु भएका हुन् । जिल्लामा आव २०७०/७१ मा ८६ एचआइभी एड्स प्रभावित बनेको थियो । आमाबाबुले नियमितरुपमा औषधिको सेवन नगर्दा नवजात शिशु एचआइभी सङ्क्रमित हुँदै आएका छन् ।

    पाल्पाको तानसेनस्थित युनाइटेड मिसन अस्पतालले सङ्क्रमितका लागि निःशुल्क ‘एआरभी’ औषधि वितरण गर्न थालेपछि एचआइभी एड्सका सङ्क्रमित खुसी छन् । पाल्पा जिल्लामा एकसय ७१ जनाले नियमित ‘एआरभी’ औषधि सेवन गर्ने ज्ञवाली बताए। औषधि सेवन गर्नेमा ९१ पुरुष र ८० जना महिला रहेका छन् ।पाल्पाका अधिकांश गाविसबाट काम गर्न भारत जाने चलनका कारण यहाँ एचआइभी सङ्क्रमित भएर आउँदा घरपरिवार, श्रीमती र सङ्क्रमित महिलाबाट जन्मने शिशुसमेत एचआइभी सङ्क्रमित हुनुपर्ने बाध्यता छ ।एचआइभी रोकथाम तथा नियन्त्रण गर्न सरकारी, गैरसरकारी संस्थाले कार्यक्रम सञ्चालन गरे पनि प्रभावकारी हुन नसक्दा एचआइभी एड्सबाट सङ्क्रमित बर्सेनि ज्यान गुमाउन बाध्य छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij