प्रकाशित मिति : शनिबार, मंसिर २५, २०७३
सन् २०१५ मा आएका इरोटिक हलिउड फिल्म ‘५० शेट्स अफ ग्रे’ को दोस्रो पार्ट चाँडै नै रिलिज हुँदै छ । बोल्ड र इरोटिक दृश्य भएताा पनि यसको पहिलो भागलाई निकै रुचाइयो । यो फिल्मलाई धेरै देशमा प्रतिबन्ध गरिएको कारण यसलाई धेरै मानिसहरुले बन्द कोठामा हेरे । यसको कन्टेन्ट यस्तो थियो जुन परिवारसँग बसेर हेर्न सकिँदैनथ्यो । आज हामी तपाईंलाई यस्तै फिल्मबारे जानकारी दिँदै छौं ।
५० शेड्स अफ ग्रे (सन् २०१५)
सन् २०१५ मा रिलिज भएको इरोटिक फिल्म कसैले पनि सायद परिवारसँग बसेर हेरेका छैनन् होला । यद्यपी, डकोटा जनसन र जेमी डोरनन स्टारर यो फिल्म निकै चर्चित रह्यो । बोल्डनेसको सबै सीमा पार गरेको यो फिल्मले बक्सअफिसमा ३३८४ करोड भारु कमाउन सफल भएको थियो ।
टाइटानिकः
लियोनार्दो डिक्याप्रियो र केट विन्सलेट स्टारर ‘टाइटानिक’ का केही दृश्य तपाईंलाई अझै याद होलान् । ९० को दशकको यो फिल्ममा लियोले जब नग्न केटको स्केच बनाए तब हलमा बसेका सबै दर्शकको आँखा झुक्यो ।
नेबर्स (सन् २०१४)
निकोलस स्टोलरको कमेडी फिल्म ‘नेबर्स’ एक जोडीको कहानी हो जसले चाँडै नै आफ्नो बच्चालाई जन्म दिँदैछन् । यसैबिच उनीहरुको छिमेकीबाट एउटा यस्ता व्यक्तिको आगमन हुन्छ जसले उनीहरुलाई निकै तनाव दिन्छन् । यो फिल्ममा थुप्रै दृश्यहरु परिवारसँग बसेर हेर्न नमिल्ने किसिमका छन् ।
अमेरिकन पाई सिरिज (सन् १९९९–२०१२)
यो सिरिजको चार सेक्स कमेडी फिल्म अमेरिकन पाई (सन् १९९९), अमेरिकन पाई टु (सन् २००१), अमेरिकन वेडिङ (सन् २००३) र अमेरिकन रि–युनियन (सन् २०१२) ले बक्सअफिसमा धमाका प्रस्तुत गरे । स्कूल–कलेजको जीवनमा आधारित यो फिल्ममा सेक्सका दृश्यहरुलाई यसरी पस्किएको छ कि यो परिवारसँग बसेर हेर्नै नमिल्ने छ ।
अमेरिकन ब्यूटी (सन् १९९९)
निर्देशक स्याम मेन्डेसको निकै राम्रो फिल्म मध्येको फिल्म हो ‘अमेरिकन ब्यूटी’ । फिल्मको कहानी एक अधवैंशे महिलाको हो जसले आफ्नै छोराको मिल्ने साथीबारे नचाहिँदो सोच्छिन् । फिल्मका केही दृश्य निकै आपत्तिजनक छन् ।
सेक्स टेप (सन् २०१५)
सन् २०१५ मा रिलिज क्यामरन डियाज र जेसन सेजल स्टारर फिल्म ‘सेक्स टेप’ एउटा यस्तो विवाहित जोडीको कहानी हो जसले आफ्नो सेक्स टेप बनाउँछन् । फिल्ममा यो जोडीको इन्टिमेट दृश्यले परिवारसँग बसेर हेर्दा अप्ठेरो बनाउन सक्छ ।
फ्रेन्ड्स विद बेनिफिट्स (सन् २०११)
जस्टिन टिम्बरलेक र मिला कुनिस स्टारर रोमान्टिक कमेडी फिल्म ‘फ्रेन्ड्स विद बेनिफिट्स’ लाई युवापुस्ताले निकै रुचाएको फिल्म हो । फिल्ममा दुई यस्ता साथी छन् जो भावनात्मक सम्बन्ध बिना सेक्स पार्टनर बन्नका लागि राजी हुन्छन् । फिल्मका बोल्ड कन्टेन्ट परिवारसँग बसेर हेर्न लायक छैन ।
टेड (सन् २०१२)
निर्देशक सेथ म्याकफरलानको फिल्म ‘टेड’ त्यो व्यक्तिको कहानी हो, जसको टेडी बियरले साधारण मानिसले गर्ने सबै काम गर्नसक्छ । यो टेडीले महिलालाई जिस्काउँछ र उनीहरुसँग शारिरिक सम्बन्ध पनि राख्न सक्छ ।
एन्टीक्रिस्ट (सन् २००९)
कान्स फिल्म फेस्टिवल सन् २००६ मा ‘एन्टीक्रिस्ट’ ले निकै चर्चा कमाएको थियो । तर रिलिज पूर्व नै फिल्म आफ्नो बोल्ड कन्टेन्टका कारण निकै विवादित रह्यो । फिल्मको पहिलो दृश्यमा नै मानिसहरु सेक्स गरिरहेको देखिन्छ ।
बोराटः
सन् २००६ मा रिलिज भएको फिल्ममा साचा ब्यारोन कोहेनको मुख्य भूमिका रहेको छ । फिल्ममा निकै उच्छृङ्खल दृश्यहरु देखाइएका छन् ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij