प्रकाशित मिति : आइतवार, मंसिर २६, २०७३
काठमाडौंको । बौद्ध नयाँबस्तीस्थित प्रहरी बिटमा तोडफोड भएको छ । शनिबार नयाँबस्तीकै एक रेष्टुरेन्टमा ट्याक्सी चालक (उनको नाम खुल्न बाँकी रहेको) को दुई पक्षीय झडपको क्रममा मृत्यु भएको र घटनाको दोषीलाई पक्राउ गर्न प्रहरी गम्भीर नभएको भन्दै मृतकका आफन्तले बिट तोडफोड गरेका हुन् ।
महानगरीय प्रहरी कार्यालयका प्रवक्ता एसएसपी सरद चन्दले चौकी तोडफोड भएको पुष्टि गर्दै बीट भित्र रहेको दुई मोटरसाइकल समेत जलाइएको जानकारी दिए ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij