मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

हेयर मसाजले यसरी हुन्छ कपाल बलियो

  • प्रकाशित मिति : बुधबार, मंसिर २९, २०७३



  • चिसो मौसममा कपालको सुरक्षा गर्न निकै समस्या हुन्छ । जाडो धेरै बढ्दा टोपी तथा मफलर, स्कार्फले टाउको छोप्नुपर्ने बाध्यता हुन्छ । यस्तोमा कपाल कमजोर हुने सम्भावना रहन्छ । तर, सामान्य सुरक्षाका तरिका अपनाउँदा पनि कपाललाई सजिलै बलियो बनाउन सकिन्छ । कपाललाई आफ्नै घरमा बलियो तथा सुन्दर बनाउने तरिकाबारे के ३३ हेयर होटेलका प्रबन्ध निर्देशक किरण श्रेष्ठ यसो भन्छन् :

    बेलुका सुत्ने वेलामा हेयर मसाज गर्नु राम्रो हुन्छ । यस्तो मसाज कम्तीमा पनि साताको एक दिन तोरीको तेल या ओलिभ आयलले गर्दा कपाल बलियो हुन्छ ।

    मसाज गरेको भोलिपल्ट बिहान कपाल नुहाउनुपर्छ । कपाल नुहाउन प्रयोग गर्ने स्याम्पु तथा कन्डिसनर कपालको प्रकृतिअनुसार सधैँ एउटै ब्रान्ड रोज्नुपर्छ ।

    कपालको ‘पिएच ब्यालेन्स’ कायम राख्न यसले सहयोग पुग्छ । नुहाउँदा स्याम्पु मात्र होइन, कन्डिसनरको पनि प्रयोग गर्नुपर्छ । यसले कपाल नरम, सिल्की तथा चम्किलो बनाउँछ ।

    कपाललाई सकेसम्म सूर्यको किरण, धुलो तथा धुवाँबाट बचाउनुपर्छ । त्यसका लागि टोपी, सल प्रयोग गर्न सकिन्छ ।

    हट हेयर ड्रायरको प्रयोग कपालमा गर्नै हुँदैन । भिजेको कपाल टावेलले निचोरेर खुला हावामा सुकाउँदा कपाल बलियो र राम्रो हुन्छ ।

    तातो पानीले आफ्नो कपाल पखाल्नु तथा नुहाउनु हुँदैन । यसले कपाल कमजोर बनाएर झर्ने समस्या हुन सक्छ । सम्भव भएसम्म सुत्ने वेलामा नरम कभर भएको सिरानी प्रयोग गर्नुपर्छ ।

    कपाललाई कसिलो गरी बाँध्ने बानीले पनि कपाल कमजोर बनाउन सक्छ । सम्भव भएसम्म हेयर जेल, हेयर स्प्रे प्रयोग गर्नु हुँदैन । यस्ता सामग्री प्रयोग गर्नै परे पनि १२ घन्टाभित्र कपाल पखालिहाल्नुपर्छ ।

    स्वस्थ र बलियो कपाल बनाउन सन्तुलित भोजन महत्वपूर्ण हुन्छ । त्यसैले आफ्नो आहारमा माछा, मासु, दूध, दही, अन्डा, चिज, सनफ्लावर सिड, बटर, गाँजर, गोलभेँडा, माछा, हरियो सागपात, भटमास, ओखरलगायतका खानेकुरा भए राम्रो हुन्छ ।

    यस्ता आहारमा प्रोटिन, भिटामिन ए, बी, सी, डी, ई, आइरन, आयोडिन पाइन्छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij