प्रकाशित मिति : मङ्लबार, पुस ५, २०७३
काठमाडौं । छायाँकन होस् वा चलचित्रको कुनै पनि सार्वजनिक सभा समारोह । अभिनेता राजेश हमाल निर्धारित समय भन्दा ढिलो सहभागी हुने गर्दछन् । हमालको यो बानी अभिनय सुरुवातको दिन देखि कै हो । भलै उनले अभिनयमा दुई दशक बिताएका किन नहुन् । उनको यो बानी अहिले पनि सुध्रिएको छैन ।
जसको ज्वलन्त उदाहरण आइतबार चोभार डाडामा आयोजित ‘जय नेपाल..’बोलको गीतको म्युजिक भिडियो छायाँकनलाई लिन सकिन्छ । उक्त गीत छायाँकनका लागि १२ बजेसमय दिए पनि अभिनेता हमाल ४ बजे मात्र छायाँकन स्थल पुगेका थिए ।
निर्धारित समय भन्दा धेरै ढिलो छायाँकन स्थल पुगेका राजेश घरबाटै सुटिङका लागि दौरासुरुवालमा ठाटिएर पुगेका थिए । छाँयांकन स्थल पुग्ने बितिक्कै उनले नर्मल मेकअप गरेर भिडियोका लागि धमाधम सट दिए ।
गायक सिडी बिजय अधिकारीको उक्त गीतमा अभिनेता राजेशको अलवा निर्माता नवल खड्का, निर्देशक शोभित बस्नेत, अभिनेत्री सरिता लामिछाने, कलाकार सरोज खनाल, उत्तक केसी, निर्मल शर्मा (गैड), गणेश गिरी, चलचित्रका डिजाइनर सुन्दर श्रेष्ठ, रंगपत्रकार आरडि श्रृखला, कुबेर गिरी, इन्जिनियर रामहरी फुयाल लगायत दर्जन बढीले अभिनय गरेका छन् ।
गीतको भिडियो गायक समेत रहेका सुसान्त कडेलले निर्देशन गरेका हुन् । गीत छिट्टै सम्पादन सकाएर सार्वजनिक गरिने निर्देशक कडेलले बताए ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij