आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

आजदेखि कास्कीमा स्वास्थ्य बिमा दर्ता सुरु

  • प्रकाशित मिति : मङ्लबार, पुस १२, २०७३



  • पोखरा । सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिले आजदेखि कास्कीमा सामाजिक स्वास्थ्य बिमाको दर्ता सुरु गरेको छ ।

    पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको प्राङ्गणमा आज आयोजित कार्यक्रममा सांसदद्वय यज्ञबहादुर थापा र शारदा पौडेलले जनही रु दुई हजार पाँच सय तिरी स्वास्थ्य बिमाको फाराम भरेर कार्यक्रमको शुभारम्भ गरेका थिए ।

    समितिले बिमा दर्ता प्रयोजनका लागि जिल्लामा एक सय सात जना दर्ता सहयोगी छनोट गरिसकेको छ । दर्ता सहयोगी घर घरमा गई पुस मसान्तसम्म दर्ता प्रक्रिया सक्ने छन् । आगामी फागुन १ गतेदेखि उपचार सेवा सुरु गरिने छ ।

    गत वर्ष कैलाली, इलाम र बाग्लुङबाट सुरु गरिएको सो कार्यक्रम यस वर्ष कास्कीलगायत २२ जिल्लामा सञ्चालन भएको छ । कार्यक्रममा सहभागी पाँच जनासम्मको परिवारले वार्षिक रुपमा प्रतिपरिवार रु दुई हजार पाँच सय तिर्नुपर्ने र पाँचभन्दा बढी भए प्रतिसदस्य रु चार सय पच्चिसका दरले थप रकम तिर्नुपर्नेछ ।

    बिमा गर्ने पाँच जनाको परिवारका लागि प्रतिपरिवार वार्षिक रु ५० हजारसम्मको सेवा पाइने र पाँचभन्दा थप सदस्य भएमा जनही रु १० हजार गरी बढीमा रु एक लाखसम्मको सेवा पाइने बताइएको छ ।

    कार्यक्रमबाट बिमाकर्ताले बहिरङ्ग, प्रसूति, एक्सरे, प्रयोगशाला, घाउ चिरफार, टाँका सिलाइ, अल्ट्रासाउन्ड, इन्डोस्कोपी, फिजियोथेरापी, मधुमेह, आँखा सेवालगायत ३२ सेवा पाउने छन् ।

    उपचार सेवाका लागि कास्कीको भेडाबारी, किस्ती, अर्मला र शिशुवा प्राथमिक स्वास्थ्यचौकी, क्षेत्रीय अस्पताल, मणिपाल शिक्षण अस्पताल, हिमालय आँखा अस्पताल र बाटुलेचौरका शिशु मितेरी अस्पताल तोकिएका छन् ।
    कार्यक्रमको शुभारम्भ गर्दै सांसदद्वय थापा र पौडेलले बिरामी पर्दा उपचारका लागि खर्च जुटाउन नसक्ने नेपाली जनताका लागि स्वास्थ्य बिमा कार्यक्रम निकै फलदायी हुने धारणा राखे ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij