मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

पशुमा कृत्रिम गर्भाधानको सेवा सहज बन्दै

  • प्रकाशित मिति : मङ्लबार, पुस १२, २०७३



  • धनगढी । निजी क्षेत्रका प्राविधिकले समेत गाईलगायतका अन्य पशु चौपायामा कृत्रिम गर्भाधानको सेवा दिन थालेपछि कैलाली जिल्लाका पशुपालक किसानलाई सेवा लिन सहज भएको छ ।

    गर्भाधानको सेवा आफ्नै गाउँ ठाउँमा पाउँदा पहिलेको भन्दा सेवा पाउन सहज भएको स्थानीय कृषक रामेश भट्टले सन्तुष्टी व्यक्त गरे ।

    जिल्ला पशुसेवा कार्यालयको समन्वयमा निजी क्षेत्रका प्राविधिकले समेत न्यूनतम सेवा शुल्क लिई कृत्रिम गर्भा गराइरहेको जिल्ला पशुसेवा कार्यालयका पशु चिकित्सक केशवदत्त जोशीले बताए ।

    उनले भने –कृत्रिम गर्भाधान गर्दा चाहिने विर्य र अन्य उपकरण पशुसेवा कार्यालयले निजी प्राविधिकलाई पनि उपलब्ध गराउँदै आएको छ । यसबाहेक प्राविधिकलाई आवश्यक तालिमसमेत प्रदान गरिएको छ ।

    कृत्रिम गर्भाधानको सेवा जिल्लामा पशुसेवा कार्यालयका अतिरिक्त पशुसेवा केन्द्र र पशु प्रजनन केन्द्रमार्फत उपलब्ध हुँदै आएकामा पछिल्लो एक वर्षदेखि निजी क्षेत्रका प्राविधिकमार्फतसमेत ठाउँ ठाउँमा सेवा उपलब्ध गाराउन थालिएको हो ।

    हाल जिल्ला पशुसेवा कार्यालय र निजी प्रविधिकबाट गरी जिल्लाका ३२ ठाउँबाट यो सेवा उपलब्ध भइरहेको छ ।

    गाईभैँसी र बाख्रामा कृत्रिम गर्भाधानको सेवा उपलब्ध भएकामा आगामी दिनमा बङ्गुरमा पनि यो सेवा उपलब्ध गराउन लागिएको छ ।

    पशुसेवा कार्यालयको तथ्याङ्कका अनुसार, गत वर्ष चार हजार ४५५ गाई, एक हजार १४४ भैँसी र १४९ बाख्रामा कृत्रिम गर्भाधान गरिएकामा चालु वर्षको पहिलो चौमासिक अवधिमा मात्रै एक हजार ७०५ गाई ६९९ भैँसी र २३८ बाख्रामा कृत्रिम गर्भाधान गरिएको छ ।

    यो सेवाको उपलब्धतासँगै जिल्लामा उन्नत जातका जर्सी र होलिस्टन जातका गाईको सङ्ख्या बढ्दै गएका छन् ।

    विसं २०४९ बाट जिल्लामा कृत्रिम गर्भाधान सेवा सुरु गरिएकामा हालसम्म झन्डै ६० हजार पशुमा गर्भाधान गरिसकिएको पशु चिकित्सक जोशीले बताए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij