शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

प्रेमीको अपार्टमेन्टमा बसाईं सरिन् श्रद्धा, रिसाएका बुवा शक्ति कपुरले के गरे यस्तो ?

  • प्रकाशित मिति : बिहिबार, पुस १४, २०७३



  • फरहान अख्तर र श्रद्धा कपुरको विषयमा एक पोर्टलले निकै अचम्मको खबर छापेको छ । जसका अनुसार पछिल्लो केही दिनदेखि श्रद्धा फरहानको अपार्टमेन्टमा बसिरहेकी थिइन् जसका कारण श्रद्धाका पिता शक्ति कपुर आफैं फरहानको अपार्टमेन्टमा गएर छोरीलाई जबर्जस्ती फिर्ता ल्याएका छन् ।

    जबदेखि फरहान अख्तर श्रीमती अधुना भवनानीसँग अलग्गिएर बसिरहेका छन्, त्यतिबेलादेखि नै उनको नाम विभिन्न को–स्टारसँग जोडिँदै आएको छ ।

    ‘वजिर’ मा अदिती राव हैदरीसँग नजिकिएपछि फरहान–श्रद्धाको अफेयरको चर्चा हुन थालेको थियो ।

    ‘रकअन–टु’ मा उनीहरुले पहिलो पटक सँगै काम गरे । फिल्मले राम्रो व्यापार गर्न सकेन तर उनीहरुको सम्बन्ध भने गहिरियो ।

    फरहानको अपार्टमेन्टमा बसाईं सरिन् श्रद्धा, तर बुवा बने तगारो

    न्यूज पोर्टल स्पटबोइको खबर अनुसार लगभग एक हप्ता पहिले श्रद्धा जुहुस्थित आफ्नो बुवाको घरबाट सामान लिएर फरहानको अपार्टमेन्टमा बसाईं सरेकी थिइन् ।

    स्रोतका अनुसार श्रद्धाको यो कदमले दुबै सम्बन्धमा निकै सिरियस भएको अनुमान गर्न सकिन्छ । तर उनीहरु लामो समयसम्म सँगै बस्न पाएनन् ।

    उनीहरु बसिरहेको अपार्टमेन्टमा गत आइतबार घरको ढोकाको घण्टी बज्यो तब उनीहरुको ढोकामा शक्ति कपुर र पद्मिनी कोल्हापुरे (श्रद्धाकी फुपु) देखिए ।

    शक्तिकी छोरीलाई तत्काल घर फिर्ता हुने आदेश दिइयो । भित्र के के भए, त्यसको विषयमा थप जानकारी नभएको स्रोतले बताएको छ ।

    तर केही बेर पछि श्रद्धा आफ्नो गुन्टा बाँधेर बुवा र फुपुसँग घर फिर्ता हुन राजी भइन् ।

    जब यी तीनजना अपार्टमेन्टबाट निस्किए तब छिमेकीहरुले उनलाई याद गरे ।

    कसैले केही नभनी तीनैजना कारमा बसेर त्यहाँबाट घर फर्किए ।

    अहिलसम्म भएको छैन फरहानको सम्बन्धविच्छेदः

    २ छोरीका पिता फरहान आफ्नी श्रीमती अधुनासँग अलग्गिएर बस्छन् तर अहिलेसम्म उनीहरुको सम्बन्धविच्छेद भएको छैन ।

    १६ वर्ष पुरानो फरहान अधुनाको विवाह सन् २०१६ को सुरुवातमा टुटेको थियो ।

    दुबैले एक सूचना जारी गरी आफूहरु अलग्गिएको घोषणा गरेका थिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij