बिहिबार, कार्तिक २०, २०८३ | Thursday 5th November 2026

“असंवैधानिक कदमलाई जब्बरजस्ती लादिए हातमा दही जमाएर बसिदैन “- सचिव भट्टराई

  • प्रकाशित मिति : शनिबार, पुस १६, २०७३



  • काठमाडौं ।  नेकपा (एमाले) सचिव एवं प्रचार विभाग प्रमुख योगेश भट्टराईले सरकारले असंवैधानिक कदमलाई जवरजस्ती टेबुल गर्न खोज्यो हातमा दही जमाएर नबस्ने चेतावनी दिएका छन् । प्रेस चौतारी नेपाल अनलाइन प्रतिष्ठानले नयाँबानेश्वरमा शनिबार आयोजना गरेको ‘सडकबाटै समाचार सम्प्रेषण’ कार्यक्रममा उनले यस्तो चेतावनी दिएका हुन् ।

    ‘प्रचण्ड नेतृत्वको सरकारले ल्याएको संविधान संशोधन प्रस्ताव संविधान र न्यायपालिकाको क्षेत्राधिकारमाथिको हस्तक्षेप हो,’ भट्टराईले भने, ‘संविधान र न्यायालयलाई समेत हस्तक्षेप गरेर ल्याएको प्रस्ताव सरकारले जवरजस्ती टेबुल गर्न खोजे व्यवस्थापिका संसद्मा रहेका २ सय बढी सांसद् हातमा दही जमाएर बस्दैनन् ।’

    उनले पुस २२ गते नेकपा (एमाले) सहितका नौ दलले राजधानीमा गर्न लागेको बृहद् प्रदर्शनको यो सांकेतिक रुप भएको भन्दै सरकारलाई संशोधन प्रस्ताव फिर्ता लिन बाध्य बनाउँने गरी नौ दलले २२ गतेको तयारी गरेको दानकारी दिए । ‘आज हामीले पहिलो पटक सडकबाटै समाचार संम्प्रेषण गरेर सांकेतिक प्रदर्शन गरेका छौँ,’ उनले भने, ‘यस्ता प्रदर्शनहरु २२ गते अघि हजारौँ गर्ने छौँ ।’

    उनले आजै मात्रै पनि उपत्यकामा २२ गतेको तयारीका लागि सयौँ कार्यक्रमहरु भएको जानकारी दिए । ‘उपत्यकाका तीन वटै निर्वाचन क्षेत्रदेखि गाँउ–गाउँ, टोल–टोलसम्म भेला तयारी भेला भएका छन्,’ उनले भने, ‘हामी २२ गते दुई लाख बढी मान्छे सडकमा उतार्छौ । त्यति गर्दा पनि सरकारले असंवैधानिक प्रस्ताव फिर्ता लिएन भने हामी ती भन्दा डरलाग्दा कार्यक्रम गर्न बाध्य हुनेछौँ ।’

    उनले सरकारले आफ्नै क्षमताले भन्दा पनि अरुको इशारामा असंवैधानिक प्रस्ताव ल्याएको भन्दै देशलाई टुक्रा–टुक्रा बनाउँने यस्तो प्रस्ताव देशभक्त एमालेले स्वीकार गर्न नसक्ने दाबी गरे । कार्यक्रममा प्रेस चौतारी नेपालका वरिष्ठ उपाध्यक्ष माधव नेपाल, महासचिव राजेश राई, प्रतिष्ठानका अध्यक्ष मोहन बास्तोलालगायतले पनि बोलेका थिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?
    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij