आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

सेमिफाइनलमा नेपाल र भारत आमनेसामने

  • प्रकाशित मिति : आइतवार, पुस १७, २०७३



  • सिलगुढी । नेपालले पहिलो पटक भारतसँग महिला साफ च्याम्पियनसिपको सेमिफाइनलमा प्रतिस्पर्धा गर्नुपर्ने भएको छ ।

    अघिल्ला तीनै संस्करणमा फाइनलमा मात्र भेट भएको नेपाल र भारत यसपाली भारतको सिलिगुढीमा जारी साफमा भने फाइनल अघि नै भिड्ने भएका हुन् ।
    नेपालले सोमबार भारतसँग फाइनल यात्राको लागि प्रतिस्पर्धा गर्नेछ । भारतको गुवाहाटीमा फागुनमा भएको १२ औं दक्षिण एसियाली खेलकुद (साग) को फाइनलमा नेपाल र भारतबीच भएको प्रतिस्पर्धामा भारत विजयी भएको थियो । त्यसयता दुई टोलीबीच सोमबार भेट हुनेछ ।
    शनिबार समूह चरणको अन्तिम खेलमा भारतले बंगलादेशसँग गोलरहित बराबरी खेलेपछि नेपाल र भारतको सेमिफाइनल भेट पक्का भएको हो । सिलगुढीको कञ्चनजंगा स्टेडियममा गोलरहित बराबरी खेलेपछि भारत समूहको उपविजेताका रुपमा अघि बढ्दै बंगलादेश समूह ‘बी’को विजेता बनेको छ ।
    नेपाल समूह ‘ए’को विजेता हो भने माल्दिभ्स उपविजेता । अब अर्को सेमिफाइनलमा बंगलादेश र माल्दिभ्सबीच हुनेछ ।
    भारत र बंगलादेशले अर्को टोली अफगानिस्तानलाई हराएको गोलको अन्तरमा विजेता, उपविजेताको टुंगो लागेको छ । भारतले ५–१ ले हराएको अफगानिस्तानलाई बंगलादेशले ६–० ले पराजित गरेको थियो ।
    महिला साफ च्याम्पियनसिपको ६ बर्ष लामो इतिहासमा भारत पहिलो पटक बराबरीमा रोकिएको हो । नेपाल समूह चरणका तीनै खेल जितेर विजेता बनेको थियो भने दुई खेल जितेको माल्दिभ्स उपविजेता । श्रीलंका १ खेल जित्दै र भुटान अंक विहिन हुँदै प्रतियोगिताबाट बाहिरिसकेका छन् । अर्को समूहबाट अफगानिस्तान च्याम्पियनसिपबाट बाहिरसकेको छ ।
    ‘हामी भारतलाई रोक्छौं’
    नेपाली महिला फुटबल टोलीका प्रशिक्षक कुमार थापाले भारतसँगको सेमिफाइनल टोलीका लागि फाइनल सरह हुने बताएका छन् ।
    अघिल्ला तीनैं संस्करणमा फाइनलमा मात्र भेटेको भारतसँग नेपालले यसपटक एक कदम अगाडि नै सामना गर्नुपर्ने भएको छ । ‘हाम्रो लागि भारतसँगको खेल अत्यन्तै महत्वपूर्ण छ’ बंगलादेश र भारतको खेल हेरेपछि थापाले भने ‘त्यो सेमिफाइनल भएपनि हाम्रो लागि फाइनल सरह हुनेछ ।’ उनले भारतविरुद्ध सफल हुने विश्वास पनि व्यक्त गरेका छन् । उनले भने, ‘हाम्रा सबै खेलाडी फिट छन् र हामी सफल नतिजाका लागि प्रयास गर्नेछौं ।’
    भारतीय टोलीका प्रशिक्षक दारले नेपाललाई बलियो प्रतिद्वन्द्वि मानेका छन् । ‘नेपाल निकै बलियो टोली हो । हामी सागमा जस्तै प्रदर्शन गर्ने प्रयास गर्नेछौं’ उनले भने,‘सावित्रा निकै खतरनाक छिन् उनलाई रोक्ने योजना बनाउनेछौं ।’

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij