प्रकाशित मिति : आइतवार, पुस १७, २०७३
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पत्नी पत्नी सीता अस्वस्थ भएपछ एक सातादेखि उपचार भैरहेको छ । सीताको विगत ६ दिनयता राजधानीको नर्भिक अस्पतालमा उपचार भइरहेको छ ।
–पारिवारिक स्रोतका अनुसार सीतालाई झापा पखाला लागेपछि अस्पताल लगिएको हो । झाडा पखालासँगै उच्च ज्वरो आएको पारिवारिक स्रोतले बतायो ।
–उनका अनुसार झडा पाखाला लागेर अस्पताल ल्याइएको हो । अस्पताल आएपछि ज्वरो पनि आउन थाल्यो ।
–अनुसार बालुवाटानरस्थित सरकारी निवासमै चिकित्सक बोलाएर स्वास्थ्य परीक्षणका साथै औषधि सेवन गराइएको थियो । तर, निवासमा चिकित्सकले चलाएको औषधिले झाडा पखाला नियन्त्रणमा नआएपछि नर्भिक लगिएको हो ।
–यद्यपि शनिबारदेखि सीताको अवस्थामा सुधार आएको अस्पताल स्रोतले जनाएको छ । ‘सुधारोन्मुध अवस्थामा हुनुहुन्छ, आजै वा भोलिसम्ममा डिस्चार्ज हुन्छ कि ?’ स्रोतले भन्यो ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij