प्रकाशित मिति : आइतवार, पुस १७, २०७३
काठमाडौं । काठमाडौं महानगरपालिका –२९ स्थित मित्रनगरमा शनिवार राती आगलागी भएको छ । विनोद बज्रचार्यको जग्गा भाडामा लिएर चितवनका थम्ब बहादुर थापाले निर्माण गरेको फलाम र जस्ताको भवनमा राती करिब साँढे ११ बजे ग्याँस लिक भएर आगलागी भएको प्रहरीले जनाएको छ ।
‘ग्याँस लिक तथा विद्युत्त शर्ट भएर आगलागी भएको बुझिएको छ’ महानगरीय प्रहरी वृत महाराजगञ्जका डिएसपी गोविन्द पुरिले भने, ‘त्यहाँ सञ्चालित कोल्ड स्टोर, फेन्सी तथा क्याफे पुर्णरुपमा जलेको छ ।’
भवनको भुँइतल्लाका ११ ओटा सटरमा कोल्ड स्टोर, फेन्सी र क्याफे सञ्चालन गरिएको थियो । माथिल्लो तल्लामा रेष्टुरेण्ट निर्माणाधिन अवस्थामा रहेको बताईएको छ । भवनमा सञ्चालित सवै पसल तथा रेष्टुरेण्ट थापा एक्लैले सञ्चालन गर्दै आएका थिए ।
उनले करिब तिन करोडको क्षती भएको दावी गरेका छन् । तर क्षतीको यकिन विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । मध्यरात सल्किएको आगो दमकलको सहायतामा शसस्त्र प्रहरी र जनपद प्रहरीले नियन्त्रणमा लिएका थिए ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij