बिहिबार, कार्तिक २०, २०८३ | Thursday 5th November 2026

नेपाल मरुभूमिमा परिणत हुने सक्ने अवस्था

  • प्रकाशित मिति : आइतवार, पुस १७, २०७३



  • शिव राज खनाल , दाङ । सुन्दा अचम्म लाग्ने कुरा हो, तर कल्पना गर्नुहोस्, ग्लोबल वार्मिंगले बढ्दो तापमान र जलवायु परिवर्तनले नेपाल मरुभूमिमा परिणत हुने सक्ने अवस्था सिर्जना भइराखेको छ । जलवायु परिवर्तन, अर्थात् विश्वव्यापी वा क्षेत्रीय जलवायु ढाँचामा परिवर्तन हुने, वैज्ञानिक समुदायको सबैभन्दा चर्को बहस हुने विषय हो ।

    केही बैज्ञानिकहरुले असत्य मानेपनि बहुमत भने विश्वको जलवायु परिवर्तन हुदैछ भन्ने कुरामा सहमत छन् । यो परिवर्तन मानिसले निम्त्याएको हो वा प्राकृतिक हो भन्ने तथ्य निर्धारण गर्न भने सकिएको छैन । अब तपाईंमा जलवायु परिवर्तनले नेपाल मरुभूमि कसरी बन्छ भन्ने सोच आएको होला । त्यस्को लागि पहिला हामीले हाम्रो समस्या के-के हुन् जान्नु आवश्यक छ ।

    नेपालमा पानीको प्रमुख स्रोत मनसुन बर्षा हो, जसले अरबियन समुद्र र बंगालको खाडीबाट पानी ल्याउँछ, जुन हिउँ र हिमनदीको रुपमा हिमालहरुमा जम्मा गर्छ । तापक्रम वृद्धिले गर्दा यो हिउँ पग्लिदै जान्छ र मनसुनमा उतारचाडव हुदै जान्छ । पानी पर्ने दरमा परिवर्तन आएपछि जमिनले चाहिनेजति पानी पाउँदैन र बर्सेनि माटोको उर्वरता घट्दै जान्छ ।

    अझ हिमनदीहरु द्रुत गतिमा पग्लिने गरेको छन् । नेपालको सबैभन्दा ठुलो खुम्बु हिमनदी बिस्तारै धस्दै छ। बारेट र राईले गरेको अध्यन अनुसार खुम्बु हिमनदीको ६०प्रतिसत हिउँ सन् २०४० सम्ममा पग्लिसक्छ। अरु हिमनदीहरूमा पनि यस्तै देखिएको छ ।

    तपाईंले नेपालमा गर्मी महिनामा धेरै गर्मि महसुस गरेको हुनुहुन्छ नै तर जाडो महिनामा आजकल दिनभर न्यानो पनि हुने गर्छ? मनसुन पहिलेजस्त्तै समयमा आइपुग्ने गर्दैन र पहिले जस्तो भारी वर्षा हुदैन ।

    तपाईंले किसानहरुको बालि बेमौसमी मनसुन र खडेरीले नाश भइरहेको सुन्नुभएको छ? यस्तो हुँदा तपाईंलाई किन भन्ने लाग्छ ? नेपालका लागि पानीको प्राकृतिक स्रोत मनसुन वर्षा, हिमनदी र भूमिगत पानी नै हो। तापमान बृद्घी र जलवायु परिवर्तनले साँच्चै नेपालीको दैनिक जनजीवनसंग खेलवाड गर्दैछन ।

    नेपालको माथिल्लो भेगमा प्रत्यक्ष रुपमा महसुस हुने तापक्रम वृद्धिले हिमालहरुको हिउँमा असर परिराखेको छ ।  औसत अधिकतम् र न्यूनतम् तापक्रम बढेको छ।  औसत तापक्रममा तेज वृद्धिले हिमनदी पग्लिने दर बढ्छ र नदीहरुमा धेरै पानीले बाढी ल्याउंछ ।

    नेपालको प्रक्ष्येपित तापक्रम वृद्धि दर  भनिएको छ । जति तापक्रम बढ्दै जान्छ, हिमनदीहरु पग्लदै जान्छन र हिमाली भेगमा हिउँको ठाउँमा पानि पर्छ। यसले वातावरणमा तेलाबेला हुन्छ र हिमनदी जम्ने सक्षमतामा असर पर्छ ।

    यदि यहि गतिमा हिउँ पग्लियो भने चाडै कुनै पानीको स्रोत बाँकी रहँदैन । हिमालयमा हिउँ बाँकी नरहे नदीहरु सुक्छन् र मनसुन नआए देशमा पानीको कमि हुन्छ र माटो सुक्खा भएर खडेरी लाग्छ। यहि कुरा वास्तविक जीवन बन्न पुगे नेपाल मरुभूमि बन्न समय लाग्दैन ।

    यसलाई सच्चयाउन अहिलेदेखि सकारात्मक कदम चलाउन जरुरि छ । वृक्षरोपण गरेर र जंगलहरु बचाउन अहिलेदेखि लागिपर्नु पर्छ । विकसन्मुख सहरहरुमा योजनायुक्त विकास गरेर पानी बचाउन सकिन्छ, र यस विषयमा उचित अध्यन गरेर अरुलाई जानकारी गराउन सकिन्छ ।

    यदि विश्वव्यापी रुपमा सम्झाउन नसकेपनि आफ्नो घरसमाजमा दिर्घकालिन विकास र व्यवस्थापन गर्ने वातावरण बनाउन सके पनि निकै सहयोग  पुग्छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?
    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij