आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

मध्यरातदेखि केन्द्रीय प्रसारण लाइनमा थपियो ४० मेगावाट विद्युत्

  • प्रकाशित मिति : आइतवार, पुस १७, २०७३



  • काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय प्रसारण लाइनमा गएको मध्यरातदेखि थप ४० मेगावाट विद्युत् थप भएको छ ।

    प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीकाअनुसार ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनबाट थप विद्युत् आयात गरिएको हो ।

    भारतको मुजफ्फरपुर सबस्टेसनमा जडान गरिएको एक सय एमभीएको ट्रान्सफर्मरबाट भारतको विद्युत् व्यापार गर्ने संस्स्था एनभिभिएमले प्रतियुनिट पाँच रुपैयाँ ६० पैसामा नेपाललाई विद्युत् उपलब्ध गराएको हो ।

    भारतबाट यसअघि ३०० मेगावाटसम्म बिजुली आयात गर्ने गरिएको थियो । यसमा ४० मेगावाट थप भएको छ । मुलुकलाई विद्युत्भार कटौतीमुक्त गर्ने अभियान स्वरुप नै प्राधिकरणले भारतबाट थप विद्युत् आयात गरेको हो ।

    प्रवक्ता अधिकारीले उक्त अन्तरदेशीय प्रसारण लाइनबाट यसअघि ८० मेगावाट विद्युत् आयात भइरहेको छ भने थप ४० मेगावाट आयात भएपछि १२० मेगावाट पुगेको छ । सोही प्रसारण लाइनबाट आगामी माघ १७ गतेदेखि थप ४० मेगावाट विद्युत् आयात गरिनेछ ।

    गत तिहारबाटै काठमाडौँ उपत्यकामा विद्युत्भार काटौती अन्त्य भएको छ भने थप विद्युत्को जोहो गरेर मुलुकलाई नै विद्युत्भार कटौती अन्त्य गर्ने योजनामा सरकार लागिरहेको छ ।

    नदीमा पानीको बहाव घटेर उत्पादन कम भए पनि भारतबाट आयात गरिएको विद्युत्ले सन्तुलन कायम गराउन मद्दत पुग्ने प्राधिकरणको भार प्रेषण केन्द्रले जनाएको छ ।

    त्यस्तै, कटैया–कुसाह र परावनीपुर–रक्सौलमा १३२ केभी प्रसारण लाइन निर्माण भइरहेकाले त्यो सम्पन्न भएपछि ती प्रसारण लाइनबाट ५०/५० मेगावाट विद्युत् आयात हुनेछ ।

    प्राधिकरणले काठमाडौँ उपत्यका, कास्की, नुवाकोट, धादिङ, रसुवा, गोरखालगायतका जिल्लामा पूर्णरुपमा विद्युत्भार कटौतीमुक्त गरिसकेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij