बिहिबार, कार्तिक २०, २०८३ | Thursday 5th November 2026

पुस २७ देखि बृहत् शैक्षिक मेला

  • प्रकाशित मिति : सोमवार, पुस १८, २०७३



  • पोखरा । नेपाली विद्यार्थीलाई स्वदेशी एवम् विदेशी शिक्षा प्रणाली र भविश्यमा अध्ययन गर्ने विषयमा जानकारी दिने उद्देश्यले पुस महिनाको अन्तिम साता पोखरामा ‘बृहत् शैक्षिक मेला’ हुने भएको छ ।

    नेपाल शैक्षिक परामर्श सङ्घ(इक्यान) कास्कीद्वारा आइतबार आयोजित पत्रकार सम्मेलनमा विद्यार्थीलाई कलेज तथा विश्वविद्यालयका साथै त्यहाँ प्राप्त हुनसक्ने छात्रवृत्ति, सहुलियत, सुविधा एव्म गुणस्तरीय शिक्षा आर्जनका लागि निःशुल्क परामर्श सेवा प्रदान गरिने संयोजक रमेशकुमार थापाले बताए ।

    उनका अनुसार पोखरामा सञ्चालित यो चौथो मेलामा स्वदेशी शैक्षिक संस्थाका साथै अमेरिका, बेलायत, न्यूजिल्यान्डलगायतका देशका क्याम्पस तथा विश्वविद्यालयका आधिकारी प्रतिनिधिको सहभागिता रहने छ ।

    मेलामा विभिन्न शैक्षिक परामर्शदात्री संस्थाका ५० वटाभन्दा बढी कक्ष सञ्चालन हुने र उक्त कक्षबाट विभिन्न कलेज तथा विश्वविद्यालयको भर्ना प्रक्रिया, विदेश अध्ययनका लागि भिसा नीति एवम् अवसर र चुनौतीसम्बन्धी सल्लाह प्रदान गरिने थापाले बताए ।

    पोखरा सभागृहमा यही पुस २७ देखि सञ्चालन हुने तीनदिने मेलाबाट लगभग ३० हजार विद्यार्थी लाभान्वित हुने र मेला सञ्चालनमा करिब रु १५ लाख खर्च हुने आयोजकले जनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    एनपीएलमा जनकपुर लुम्बिनीले दिएको १५० रनको चुनौती पछ्याउँदै
    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?
    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij